जिन्दावाद र मुर्दावादका नाराहरु बढ्दै थिए – जुलुसमा । सुरजित देशको लागि आपूm र आफ्नी आमाको विवशताहरु बिर्सदै जोशको शिखरमा पुगि चर्को स्वरले नाराहरु दि‘ंदै थियो ।
जुलुसको विकराल स्वरुपमा तर्सदै लाठीहरु उठे । शाहसी ढुंगाहरुका क्रमिक प्रहारले लाठीहरु पराजित हु‘ंदै जमिनमा लम्पसार परे । पराक्रमी भनाउ‘ंदा बन्दुकहरु उठे – जुलुसलाई तितरवितर पार्न । आकाशमा गोली चल्यो । धैर्यको ढाल बोकेको जुलुस हच्किएन ।
एक्कासी बन्दुकका गोलीहरु जुलुसभित्र पसे । कसैको छाती,कसैको हात,कसैको तिघ्रामा गोलीको छाप बस्यो । कालो सडक रातो रगतले सि‘ंगारियो ।
सुरजित उत्तेजित हु‘ंदै लोकतन्त्रको पृष्ठभूमिमा आफ्नो तेजिला नाराहरु थप्दै थियो । अनायासै गोली अदृश्यरुपमा आएर अन्यायमा उत्तप्त उसको मुटुभित्र छि¥यो ।
धर्तीलाई तातो रगत चढाउने सौभाग्य पाएकोले सुरजितको ऑंखाबाट ऑंसुको मूल फुटेन । केवल ऊ भुकम्पको भयावह धक्काले एक्कासी घर ढलेजस्तो ढल्न पुग्यो जमिनमा ।
घरमा बुढीआमा रातको एघार बजिसक्दा पनि सहाराको सिङ्गो प्रतीक आफ्नो प्यारो छोरा नफर्किएकोले प्रतीक्षारत ऑंखाहरु सडकमा बिछ्याउ‘ंदै बसिरहेकी थिइन् । मध्यरातको साथ सुरजितको आत्मिय साथी शिवध्वज स्यॉं स्यॉं,फ्यॉं फ्यॉं गर्दै घर आइपुग्यो । बुढीको मुहारमा सल्वलिएका प्रश्न पंक्तिहरु देख्नासाथ उसको ऑंखाबाट अनायासै ऑंसुका थोपाहरु झर्न थाले ।
–“सुरजित खोई त बावु ?”
शिवध्वजको सामु कठिन प्रश्न खडा भयो । उत्तर यथार्थमा लुकेकोले मौनतामा केही क्षण बित्यो ।
बुढीआमाको ऑंखामा ऑंसु टल्पलिएको देखेपछि शिवध्वजले आत्मसंयम गर्दै भन्न थाल्यो – “ आमा ! सुरजित आज शहीद बन्यो । पीर नमान्नुस् अब । सुरजितको उत्सर्गलाई यो देश र यहॉंका जनताहरुले कहिल्यै बिर्सने छैनन् । शिवध्वजले सान्त्वनाका शब्दहरु पोख्न नपाउ‘ंदै बुढी मुर्छा परी ।
कोठामा धेरै मानिसहरु जम्मा भए । केही क्षणपछि बुढीको होश फि¥यो । सहानुभूतिका पर्खालहरु लगाई सबै आ–आफ्ना घरतिर लागे । बुढी भित्तामा टॉंगिएको सुरजितको तस्विर हेर्दै ऑंसुमा डुब्न थाली । रातले कोल्टो फे¥यो । बिहानै दाहसंस्कार सकि फर्किए – टोलका युवकहरु ।
बुढीले ऑंसु झार्न थालेकी केही दिनमै लोकतन्त्र जन्मियो – देशमा ।
हर्षोल्लासका किरणहरु सबैका घर ऑंगनमा फैलिए । आफ्नो छोराको जस्तै धेरैको बलिदान र तपस्याले फुटेको राष्ट्रिय उमङ्गलाई ओठमा साक्षी राख्दै बुढीले आफ्नो एक्लो जीवन धैर्यपूर्वक बॉंच्ने अठोट गरी ।