वास्तवमा गाउ‘ंको एक गरिव परिवारमा जन्मेकी भए पनि शकुन्तलाको शारिरीक बनोट र बोलीको माधुर्यले सबै मानिसहरु आकर्षित हुन्थे । कमजोर आर्थिक अवस्थासंग जुद्धै आपूm र बुढी आमाको जीविकोपार्जनका लागि उनले सानो भट्टी पसल खोलेकी थिई ।
प्रायशः आधा रातहरुमा उनको पसलबाट गाउ‘ंका ठिटाहरु धर्मराउ‘ंदै निस्कने क्रम देखेर बुढापाकाहले एउटा अड्कल काटेका थिए–‘ शकुन्तला वेश्या बनेकी छे ’ भनेर ।
तर कसैले पनि मनको कुरा खुलस्त पोख्न सकेका थिएनन् । दिनभरिको थकाई बिर्सन चौतारीमा भेला भएपछि शकुन्तलाले गाउ‘ंका केटाहरु बिगार्दैछे भन्ने कुराहरु हुने गर्थे ।
यस्ता क्रमहरु लम्बिन नपाउ‘ंदै गाउ‘ंमा एड्स रोगको जनचेतना जगाउने उद्धेश्यले शहरबाट आएका रंगकर्मीहरुद्वारा सडक नाटक प्रदर्शन भयो, जसबाट गाउ‘ंका बुद्धिजिवीहरु या शकुन्तलाले गाउ‘ं छोड्नु पर्ने या भट्टी पसल बन्द गर्नु पर्ने भन्ने एउटा दरिलो निर्णयमा पुगे ।
केही दिनको अथक प्रयासपछि भट्टी पसल बन्द भयो । तर शकुन्तलाले आफ्नो अनैतिक व्यवसाय त्याग्न सकिन । त्यसैले गाउ‘ंलेहरुले अर्को निर्णय गर्न वाध्य भए – ‘शकुन्तलालाई अब रंगेहात समाउने’ भनेर ।
निर्णय गरको दुई हप्ता नबित्दै शकुन्तला र झकसि‘ंह भन्ने एक अधवैंशे केटोलाई कोठामा रंगेहात समाउन सफल भए – गाउ‘ंलेहरु ।
यथार्थताको गहिराई पत्ता लगाउने क्रममा सर्जमिन भयो । सारा गाउ‘ंलेहरु एक भए जसको फलस्वरुप झकसि‘ंहले शकुन्तलालाई पत्नीको रुपमा स्वीकार्नु पर्ने भयो ।
००० ००० ०००
झकसि‘ंहले आफ्नो इज्जत जोगाउन शकुन्तलालाई काठमाडौं ल्याएको पनि झण्डै तीन महिना बितिसक्यो । दुई पेट भर्नका लागि ऊ दैनिक ज्यामी काम गथ्र्यो । शकुन्तलाको मुख हेरेर घरपतिले सस्तो भाडामा कोठा दिएकाले मीठो–नमिठो खाएर उसको गुजारा चलेको थियो ।
दिनभरि काममा जोतिनु पर्ने वाध्यताले शकुन्तलाको आचरणमा तेति ध्यान पु¥याउन सकेको थिएन – उसले । तर एकदिन अनायासै पल्लो कोठामा बस्ने व्यक्तिले शकुन्तला घरपतिसंग सल्केकी छे भन्ने गोप्यता फुस्काएपछि ऊ रन्थनियो र फेरि धैर्य हु‘ंदै मनमनै सोच्न थाल्यो – ‘ईश्वरले जे गरेका छन् ठीकै गरेका छन् । जसरी होस् मैले शकुन्तलालाई घरपतिकै जिम्मा लगाउन सक्नुपर्छ ’ भन्दै ।
आपूm काममा हि‘ंड्नासाथ घरपति कोठामा आएर दिनभर बिताउ‘ंछ भन्ने तथ्य एकिन भइसकेपछि उसले एकदिन बेलुकी भन्यो – “ हेर शकु ! गाउ‘ंबाट बा बिरामी भन्ने खवर आ’छ । त्यसैले म भोलि बिहानै ४÷५ दिनका लागि गाउ‘ंतिर लाग्छु । दाल,चामल हु‘ंदै होला क्यारे । राती कोठामा एक्लै सुत्न डर लागे पल्लो कोठाकी छोरीलाई सुताए भैहाल्छ । त‘ंसंग दुईचार सय रुपैयॉं हु‘ंदै होला । ”
झकसि‘ंहको कुराले शकुन्तलाको मुहारमा कुनै नैराश्यता देखा परेन । बरु लोग्ने केहीदिन गाउ‘ंमा बसिदिए घरपतिसंग सिनेमा हेर्न जानुहुन्थ्यो भन्ने कल्पनामा डुब्दै नाटकीय शब्दहरु ओकल्न थाली – शकुन्तलाले ।
–“के गर्नु म पनि ससुराको सेवा गर्न तपाईंसितै जान्थे । दुई,तीनदिनदेखि खुट्टा फत्रक्क गलेर चार पाइला हि‘ंड्ने ऑंट समेत आ’छैन । जे होस्,तपाईं जानु भएपछि बा’लाई राम्ररी ठीक पारेर मात्र आउनुस् । यहॉं मेरो कुनै पीर लिनु पर्दैन ।”
के खोज्छस् कानो ऑंखो भनेजस्तै शकुन्तलाको स्वीकारोक्तिले झकसि‘ंह दंगदास पर्दै सुत्यो ।
भोलिपल्ट बिहानै एकजोर लगाउने लुगा झोलामा हालेर गाउ‘ं जाने बहानामा निस्क्यो ऊ ।
शकुन्तला आफ्नो सुन्दर कल्पना साकार हुने सपना देख्न थाली ।
झकसि‘ंह अब मौका यही हो भनेर सरासर प्रहरी कार्यालयमा पुगेर भन्न थाल्यो –“साप ! मेरी स्वास्नीले घरपतिसंग अनैतिक सम्बन्ध राखेकी छे । जसरी भए पनि त्यो रॉंडलाई घरपतिकै जिम्मा लगाइदिनु प¥यो ।”
अकमक्क पर्दै इन्सपेक्टरले सोध्यो – “हैन तपाईं के भन्दै हुनुहुन्छ ? आफ्नी श्रीमतीको अनैतिक सम्बन्ध कहॉं,कसरी देख्नु भो ह‘ंं ? शंकाले लंका जलाउ‘ंछ भनेको था’ छ कि छैन ?”
–“क्या कुरा गर्नु भा’को सापले ? हजुरलाई विश्वास लाग्दैन भने मेरो साथ जाउ‘ं न ! म देखाई दिन्छु लंका जलाउने हनुमानको चर्तिकला । ”
झकसि‘ंहको जवाफ सुनेर इन्सपेक्टरले भन्यो–“त्यसो भए तपाईंको डेरा कहॉं छ ? घरपतिको नाउ‘ं के हो ?”
–“डेरा त मेरो बालाजुमा छ हजुर । घरपतिको नाउ‘ं जगतप्रसाद हो । सबैकुरा हजुरलाई था’भैहाल्छ । अहिले नै जाउ‘ं हजुर मेरो डेरामा ….. । ” भन्दै ढिपी गर्न थाल्यो– झकसि‘ंहले ।
००० ००० ०००
लोग्ने गाउ‘ं गएको खुसियालीमा शकुन्तला र जगतप्रसाद कोठाभित्र चुकुल लगाएर जिस्कि‘ंदै थिए ।
“यस्ती राम्री आइमाइले पनि तेस्तो ज्यामी काम गरेर हि‘ंड्ने झुत्रेलाई लोग्ने भनेर बस्नु ? काठमाडौंमा त कस्ताकस्ता धनाढ्य व्यक्तिले पनि तिमीजस्ती राम्री स्वानी पाएको छैन बुझ्यौ ?
बरु सक्छौ भने त्यो झुत्रेलाई छाडिदेउ । तिमीलाई मै राम्ररी खान लाउन दिएर पालु‘ंला ।” भन्दै जगतप्रसादले गफ छॉंट्दै थियो ।
“तपाईंले ऑंट्नु हुन्छ भने म त्यो झुत्रेलाई छाडिहाल्छु नि ! कुन ठूलो कुरा हो र त्यो ?” भन्दै शकुन्तलाले जगतप्रसादको चाहनालाई समर्थन गर्दै थिई ।
सिरकमा लुटुपुटिएर भविष्यको सुन्दर परिकल्पनाहरु गर्दागर्दै ढोकामा टक्…टक् आवाज आयो ।
एकछिनसम्म दुबैजना चूपचाप लागे ।
आवाज निरन्तर आइरहेकोले हतासमा पाइ‘ंट समेत नलगाई खाट मुनी छिरेको जगतप्रसादलाई होश भएन ।
शकुन्तलाले ढोका खोली ।
ठिङ्ग उभिएको पुलिस इन्सपेक्टर र झकसि‘ंहलाई देख्नासाथ निलोकालो हु‘ंदै भन्न थाली– “ए …. तपाईं गाउ‘ं जाने भन्नु भा’ को हैन ? फेरि किन ….. ।”
“त‘ं चूप लाग् रण्डी ! यसको नाठो कोठाभित्रै हुनुपर्छ इन्सपेक्टर साप !” भन्दै झकसि‘ंह जोस्सियो ।
–“तपाईं ठूलो स्वरले नकराउनुस्” भन्दै इन्सपेक्टरले कोठामा खानतलासी लियो ।
अन्ततः शकुन्तला र खाट मुनी नग्न अवस्थामा लुकिरहेका जगतप्रसादलाई प्रहरीहरुले समातेर लगे ।
पुलिस चौकीमा पुगेपछि ‘यस्तो रण्डीलाई म कदापि स्वास्नी मान्दिन’ भन्दै झकसि‘ंह बम्कन थाल्यो । शकुन्तलालाई भित्री हृदयले चाहने जगतप्रसादले ‘यदि तपाईंहरु भन्नुहुन्छ भने म शकुन्तलालाई आफ्नो पत्नी बनाउन राजी छु ’ भन्ने बयान दियो ।
उसको मञ्जुरी सुनेर झकसि‘ंह हर्षविभोर हु‘ंदै भन्न थाल्यो – “त्यसो भए अड्डा अदालत जानुपर्ने कुरै भएन । इन्सपेक्टर साप ! उहॉंको भनाई अनुसार कागज पनि गराउनु प¥यो ।”
–“कागज पनि भै’हाल्छ नआत्तिनोस्” भन्दै इन्सपेक्टरले जगतप्रसादको बयान पुनः लिन थाल्यो ।
शकुन्तलाले पनि घरपतिसंग जीवन बिताउने निर्णय गरी ।
००० ००० ०००
जगतप्रसादले शकुन्तलालाई श्रीमतीको रुपमा घर भित्राएकै दिन झकसि‘ंह अपवाद र लाजले खुम्चिएको छाती फुलाउ‘ंदै गाउ‘ं फक्र्यो । उसले खेलेको चाल सुनाउ‘ंदा सबैजना तीनछक्क परे । अरुभन्दा पनि शकुन्तलाको रगत परिक्षण हु‘ंदा प्राणघातक रोग एड्स नभएको जानकारीले प्रायश युवकहरुको मुहारमा खुसी पोतियो ।
बुढापाकाहरु– “अब गाउ‘ंमा कुनै ठिटाहरुलाई एड्सले समातेको छ कि भनेर डराउनु पर्ने भएन, हैन त ? ” भन्दै झकसि‘ंहसंग ठट्टा गर्न थाले ।
कुरै कुरामा एकजना बुढोले भन्यो – “अब अगाडिका कुराहरु किन कोट्याउनु ? शकुन्तलाकी आमा अब के खाएर बॉंच्ने भन्दै रोएर मर्न ऑंटेकी छे । जे होस्, गाउ‘ंका सबैले
ती अनाथ बुढी बॉंचुञ्जेल एकमाना अन्न दिनुपर्छ । ”
अर्काले भन्यो – “ हो …. त्यो गर्नु नै पर्छ । आपूmले गरेको धर्म खेर जॉंदैन क्यारे । ”
धर्मप्रति झुकाउ भएका सम्पूर्णले बुढाहरुका कुरालाई समर्थन गरे । झकसि‘ंह आफ्नो घरतिर लाग्यो । लोग्नेको अनुपस्थितिमा अथाह पीडा बोकेर थाकिसकेकी पतिव्रता धर्मपत्नीले उसको आगमनलाई तातो ऑंसुले स्वागत गरी ।