लेखक—रमेश गौतम “पाल्पाली”
“होइन ! तपाइँलाई टिबि र पत्रिका भएपछि अरु केही चासो रहन्न कि क्याहो !” एकाएक एकान्त भङ्ग गर्दै श्रीमती निशा भित्र पसेको देखेर किरणले भने ।
“होइन ! कहाँ के भयो र फेरि तिम्रो रेडियो एक्कासी खुल्यो !”
“गाउँघर, छर्छिमेकमा कहाँ के भएको छ, कसो छ यसो चासो हुन्छ नि मान्छेको । तपाइँलाई त कलम—कापी र पत्रपत्रिका भएपछि अरु केही चाहिन्न हो कि ?”
“मैले किन चासो राख्नुप¥यो र निशाजी ! बिना बेट्रीको रेडियो तिमी छँदै छौ । कहाँ के भएको छ, कसले के गरिरहेको छ, कसलाई के चाहिएको छ ? यस्ता कुराहरूको चासो तिमीले राखीहाल्छ्यौ । अनि त मैले घरै बसी बसी यस्ता सबै खबर थाहा पाइहाल्छु ।”
“अँ ! भन्न पाएँ भनेर मलाई विनाबेट्रिको रेडियो भनेर नउल्याउनुस् है ! जथानाम भनेको मलाई मन पर्दैैन । अहिले नै भन्द्याछु ।” निशाले छड्के नजर लगाइन् ।
“आचे ! यत्ति भन्दैमा तिमी रिसाएको त ?”
“रिसाउन्न त ? मान्छेलाई जथानाम भनेर नाम राखेपछि रिस उठिहाल्छ नि !”
“मैले बिराएँ बाबा ! तिमी नरिसाउ । तिमी रिसायौ भने त दिउँसै अँधेरो हुन्छ । त्यसै त प्राधिकरणले लोडसेडिङ गरेर धेरै जसो समय अँधेरोमा बस्नु प¥या छ । अझ त्यसमाथि तिमी रिसायौ भने त आँखै छोप्ने अन्धकार हुन्छ । लौ हेर मैले कान समाएँ” भनेर किरणले कान समाउँछन् ।
“भो ! भो !! धेरै फुक्र्याउनु पर्दैन । घरै उज्यालो पार्ने अर्की ल्याए भै हाल्यो नि ! म रिसाएर के भो त ?”
“तिम्रै उज्यालो हेर्दा हेर्दै बूढो भइयो । अब यो बुढेसकालमा कसले पत्याउँ छ र अर्की ल्याउने ?”
“खोजे पाइएलान् नि ! नब्बे वर्षका बूढाबूढीले त बिहे गरेको सुन्नुपर्छ । तपाइँ त असी पनि पुग्नुभएको छैन ।”
“भैगो मलाई बिहे गर्नु परेको छैन । बरु तिमीले अघि के भन्न खोजेकी थियौ ? त्यो भन न मलाई खुल्दुली लाग्यो ।”
“त्यसै भएर त यसो वरपरको पनि चासो राख्नु पर्छ भनेको । आपूmलाई कि त कलम समाएर घोत्लियो, कि त पत्रिकामा घोप्टिए भयो । दायाँ बायाँ केही हेर्नु छैन ।”
“हो बाबा ! हो ! म त तिम्रै छत्रछायाँमा बाँचेको मान्छे । तिमीले खान दिन्छ्यौ, तिमीले नै हेर्बिचार गछर््यौ, तिमीले नै वरपरका समाचार ल्याउँछ्यौ र थाहा पाउँछु । त्यसै भएर त तिमीलाई विनाबेट्रीको रेडियो भनेको हो नि ! तिमी त्यसै रिसायौ ।”
“रिस उठ्दैन त ? मान्छेलाई जथाभाबि भनेपछि ?”
“मैले कान समातिहाले नि । बरु भन्न खोजेको कुरा भनिहाल त ।” किरणले भने ।
“जिम्वाल (जिम्मावाल ?)का बूढाबूढीले निकै दुखमनाउ गरिरहेका रहेछन् । तिनीहरूलाई यसो सम्झाएर ढाडस् दिनु पर्दैन ? विचराहरू ! दुई छोरा, दुई छोरीका बाबु आमा, यत्रो गाउँघरका जिम्वाल, त्यत्रो हैकममा बसेका मान्छे । अहिले रुग्रुग्त टुहुरा टुहुरी भैmँ भएर बसेका छन् । कहिले कहिँ त खाना पनि नखाई सुत्छन् रे ?” निशाले समाचार सुनाइन् ।
“के गछ्र्यौ त ? यस्तो हबिगत जिम्वालको मात्र होइन, देशका झण्डै ७०÷७५ प्रतिशत बूढाबूढीको यस्तै छ । कसैका छोरा छोरी विदेश गएर बूढाबूढी एक्ला परेका छन् । कसैका छोराछोरी आफ्नै देशमा बसेर पनि बाबु आमालाई हेर्चाह गर्न भ्याएका छैनन् । कसैले बाबुआमालाई विना ज्यालाको नोकर बनाएकाछन् । के गर्ने ? तिमी—हामीले मात्र सोचेर भएन । हाम्रो अवस्था यस्तै छ ।”
“होइन ! जिम्वाललाई के कमी छ र ! त्यत्रो सम्पत्ति, जायजेथा भएका मान्छेलाई भोकै सुत्नु पर्ने त थिएन नि !”
” तिमीले ओखरबोटे भैरेले गाएको गीत बिस्र्यौ ?”
“कस्तो गीत ?”
“छोरा जति भैहाले ब्वारिका
छोरी जति गैहाले ज्वाइँका घर
सम्पत्तिले के गर्नु हजुर
पैसो चाटी अघाउन्न मयूर”
“भनेर गाउँथ्यो नि ? बुढेस कालमा धेरैको हालत यस्तै हुन्छ । यसलाई प्रकृतिक मान्नुपर्ने अवस्था भइसक्यो । विकसित देशहरूमा बृद्धबृद्धाको अवस्था कहालिलाग्दो हुन्छ, भन्ने सुनिन्थ्यो । आज समय र परिस्थितिले गर्दा हाम्रै देशमा त्यो स्थिति आइसक्यो ।
जिम्वाल (जिम्मावाल ?) को खेत, बारी प्रसस्तै छ । तर के गर्ने ? खेतबारी हुँदैमा आपैm अन्न उब्जन्न, उब्जेको अन्न भकारीमा भए पनि त्यसै भान्सामा भात पाक्दैन । ५÷७ रोपनी पाखो हुने हामीजस्ताको बारी त आधा बाँजो छ । जिम्मावालको त्यत्रो जमिन कस्ले आवाद गरिदिने । “हातपाखुरी चल्दैन, मजेरीमा फल्दैन,” भनेको यही हो । बूढाबूढीका हातपाखुरी चल्दैनन्, मान्छे खोजे पाइँदैनन् । अन्न त्यसै फल्दैन ।” किरणले वास्तविकता बताएपछि निशाले समर्थन गर्दै भनिन्—
“हुन त हो, काम गर्ने मान्छे नपाएर त हो नि हाम्रो तलको बारी पनि बाँजो रहेको । के भएको हो कुन्नि ! गाउँमा काम गर्ने मान्छे कोही छैन ।”
“काम गर्ने मान्छे नपाइने मात्र होइन, गाउँमा लास उठाउने मान्छे पनि नपाइएला भन्ने भइसक्यो । देशको हालत यस्तै हुने हो भने म अगाडि मरे तिमीले तिमी अगाडि मरे मैले लतार्दै लगेर बारीको ढिकबाट पल्टाउनु पर्नेछ ।” किरणको कुराले निशाले झस्किँदै भनिन्—
“होइन, के भएको हो त हामीकहाँ यस्तो ? मान्छे किन विदेशैतिर लागेका होलान्?”
“यो सबै नेताहरूको अदूरदशिता, लुछाचुँडि गर्ने प्रवृत्ति, एकअर्काको डाहा र खुट्टातान्ने कारणले भएको हो ।”
“काम गर्ने मान्छे नपाइनु, सबैलाई विदेशै जानुपर्ने के यो पनि नेताकै कारणले हो त ?” किरणको कुरामा निशाले शङ्गा गरिन् ।
“झट्ट हेर्दा त होइनजस्तो लाग्ला, तर देशमा उद्योग, कलकर्खाना खोल्ने वातावरण तयार गर्ने र मान्छेले काम गर्ने मेलोमेसो मिलाइदिने काम त नेताहरूकै हातमा हुन्छ नि ! जबसम्म राजनीतिको इच्छाशक्ति र स्थायित्व हुँदैन, तबसम्म देशमा केही हुँदैन ।”
“नयाँ उद्योग, कलकार्खाना त के खुलुन् भएका त राम्रोगरी चल्न दिनन् । सधैजसो हुने बन्द, हड्ताल, चक्काजाम र तोडफोड मात्र गर्छन् ।” निशाले दुखमनाउ गरिन् ।
“ठिक भन्यौ । कुनै न कुनै समूहले गर्ने गरेका बन्द, हड्ताल, चक्काजाम, तोड—फोडले गर्दा विकासभन्दा विनास बढी हुन्छ । कसैले केही गर्न खोज्यो भने त्यसलाई सगाउनेभन्दा खुट्टा तान्ने प्रवृत्ति बढी छ । अस्थिर र स्वार्थी राजनीतिले गर्दा महङ्गी, भष्टाचार र बेरोजगारीले देशै जर्जर भएकोछ । मेहनत गरेर पनि बाँच्ने उपाय नभएपछि के गर्ने ? जिउ त पाल्नै प¥यो । युवायुवतीहरू बाध्य भएर विदेशिएका छन् । अनि गाउँघरमा काम गर्ने मान्छे कसरी पाइन्छ ?” किरणले पुष्टि गरे ।
“कुर्सी पाएका नेताहरूलाई कसरी कुर्सी जोगाउँ र आपूm, आफ्नो दल र आसेपासेको व्यवस्था गरौँँ भन्ने चिन्ता छ । कुर्सी नपाएकालाई जति बेला पनि कसलाई पछारेर आपूmले कुर्सी ओगट्न पाइन्छ भन्ने ध्याउन्ना हुन्छ । देश विकासतिर कसलाई फुर्सत छ र चासो राखुन् ?
गणतन्त्र आएपछि देशमा सबैथोक हुन्छ । जनता सुखी हुन्छन्, गरिबी हट्छ भन्थे तर खै ! गणतन्त्र त आयो कसलाई आयो कसलाई, जनताको हालत उस्तै छ ।” निशाले लामो सास तानिन् ।
“हो, त्यसैले नेताको कुरा गरेको । गणतन्त्रले देशमा नेता र दल धेरै जन्मायो । अनगन्ति उम्रेका दलैपिच्छे तिनका भ्रातृसंगठन छन् । सरकारी तलब खाने शिक्षक, प्राध्यापक, कर्मचारीहरू अनेक संघ र संगठनका नाममा कुनै न कुनै दल समातेर तिनका झोले बनेका छन् । शिक्षक प्राध्यापकहरू आपैm विद्यालय, विश्वविद्यालयहरूमा तालाबन्दी र तोडफोड गछन् । स्थायी सरकार मानिने निजामती कर्मचारीले देशमा विकास निर्माण र शान्ति सुरक्षा कायम गर्ने साटो आफ्नै कार्यालमा नाराबाजी र तालाबन्दी गर्छन् । यस्तो अवस्थामा देशको विकास कसरी हुन्छ ?”
“होइन, यी शिक्षक कर्मचारीहरू पनि यतिसारो उच्छृङ्खल र अनुशासनहीन किन भएका होलान् ? यिनलाई खानबस्न त सरकारले तलब दिएकै छ क्यारे ।” निशाले थपिन् ।
“श्रीमतजी ! तिमीले अभैm बुझेकी रहिनछौ । यो सबैकाम गर्न यिनै दलका नेताले सिकाएका हुन् । अझ भनौँ भने बाध्य पारेका हुन् । कुनै न कुनै दल समात्यो भने बेला मौकामा विभिन्न सेवा सुविधा, तालिम, सेमिनार र विदेश भ्रमणको मौका मिल्छ । समयमा प्रमोशन पनि पाइन्छ । जसले दलको पछि नलागेर नीति नियम अनुसार सोझो तालले काम गर्छु भन्छ त्यसले न त कुनै सुविधा पाउँछ, न तिनको बेलामा प्रमोशन हुन्छ । अझ माथिल्लो र आकर्षक पद त जिन्दगी भर पाउनै सक्दैन । अनि दलको झोला नबोकेर के गरुन् तिनले ?”
– – – –
“होइन, मैले त जिम्वालको कुरा उठाएकी थिएँ तपाइले कहाँ कहाँ पु¥याउनु भयो । मैले भनेको जिम्वालका छोरा छोरी त पढेलेखेका थिए । सम्पत्ति थियो । तिनलाई विदेशिन किन परेको होला ? भनेको ।” निशाले प्रसङ्ग बदलिन् ।
“जिम्वालले छोरा छोरी त पढाए, तर पढाइ अनुसारको काम दिलाउन सकेनन् । राजनीतिमा रुची नराख्ने र आपैm केही गर्छु—बनाउँछु भन्नेलाई यहाँ काम गर्ने वातावरणै छैन । त्यसैले पढेलेखेका त्यसरी विदेशिन्छन् भने पढ्न नपाएका, नसकेका बाँच्नको लागि विदेशिन्छन् । अझ यिनैहरूले रगत पसिना बगाएर कमाएको केही पैसा नेपालमा पठाउँछन् । यसैलाई हाम्रा नेताले रेमिट्यान्स भित्र्याएका छौँ, भनेर नाक फुलाउँछन् ।”
“त्यसो भए हाम्रो स्थिति सुध्रिदैन त ?”
“सुध्रिएला, तर यही अवस्थामा मुस्किल छ । हामीले नेता त धेरै पायौँ तर राजनेता पाउन सकेनौ । कुनै दिन देशको लागि काम गर्छु भन्ने दृढ विश्वासी र नैतिकवान् नेता जन्मेछ भने अवश्य सुध्रिनेछ ।”
“लौ, त्यस्तो नेताको खाँचो आजै परेको छ । कहिले जन्मने र हाम्रो हालत सुध्रिने ? हाम्रा पालामा होलाजस्तो छैन ।” भन्दै निशा भित्र लागिन् ।
२०७३ जेठ २१
धुम्बाराही—४, काठमाडौँ
collected from Face Book