नेताहरु नेता रहेनन यो देशमा
नेता सच्चा भएनन यो देशमा
महङ्गी र काला बजारी झनै मौलायो
सत्कर्म र कर्मनिष्ठा सहेनन यो देशमा!
नाका रोक्दा, छिमेकीले हेप्दा
बलिदान दिने रहेनन यो देश्मा!
लोकतन्त्र र गणतन्त्रको नाम मात्रै रह्यो
कर्यान्वयनन कहिले भएनन यो देशमा !
एकात्मकता हाबी नै छ, हिन्दुबाद कायमै छ
समावेशी सङ्घियता चाहेनन यो देशमा !
कोशी बेचे, कर्णाली बेचे, बेचे महाकाली
अस्मितालाइ जोगाउन लागेनन यो देशमा!
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar