बम बारुद बोकेर
बन्दुक भिरेर
छुरा उधाएर
भित्र छुपाएर
आत्मघाती विस्फोटक पदार्थ बोकेर
कुबिचार लिएर
लुटपात मच्चाएर
धोकाको संजाल बुनेर
प्रकृति प्रकोप बल्झाएर
ध्वस्त उल्कापात मच्चाएर
हिंड्नु मात्र हो कि क्या हो ?
कि यो गर्मीमा उडेको
एक मुट्ठी धुलो उठाएर
हाली दिउँ छारो
अरबौं सोझा निमुखाहरुको आँखा भरी ?
के सोझा सिधा बाँच्ने ठाउं होइन यो धर्ती ?
कि जाउँ भुरुरुर मंगल ग्रह तिर उडी ?
– आँकाला
Please follow and like us: