सम्झनाको गहिरो तलाउमा

अनायास एउटा आकृति झुल्कन्छ

मुस्कुराउँदै भन्छ

म तिम्रो पहिलो पात्र

तिम्रै कलमको निभबाट निस्केर

तिम्रो आँखामा बास माग्ने

तिम्रै मुटुको धड़कन हु भन्ने

 

तिम्रो शब्दहरू अक्षरहरू बनेर

हजारौ आँखामा छाए

अनगिन्ती मनमा बसे

हामी शाब्दिक कुस्ति खेल्दै

निरन्तर अघि छौं यात्रामा

तिमीले जीवनको अप्ठयारोमा

हिडाएर स्व-बोध गरायौ

इन्द्रेणी मलाई थमाएर

शरदको सबै रड्गीन सपना दियौ

यो सम्पूर्णतामा

म तिम्रो अभाव भेटछु

म के गरू कबिज्यू ?

 

आफैलाई बिर्सिएर

म पात्रलाई न्याय दिँदा

म थिए तिम्रो समिप

तिमीलाई पढिरहेको

पाए मैले मेरो आत्मामा

तिमी गढेको

हरक्षण हरपल साथै भएर

नहुनुको पीडा मलाई सोध

अंधेरोमा जीवनको अनुभूत जस्तै

जब म तिम्रो महशुष गर्छु

युगौ देखिको नाता आभाष गर्छु

एक्काइसौ शताब्दीको

म तिम्रो पात्र

हृदयबाट प्रेम गर्छु र गरिरहन्छु।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *