बेल्जियमको फ़्लाण्डर मैदान सम्म आइ पुग्दा
बन्दुक उठाउने हातहरु
रगत लत्पतिएर सिंचित जमिन
लाश कुहिएर मलमा परीणत भई
बिहानी सूर्यको झुल्को देखि
साँझको रक्तिम लालीले टल्किएका
बैंश मै ओझेल परेका अचल शरीर ।
मान्छेले मान्छेको
पूजा सम्मान सत्कार बिर्सेर
कठोर पत्थरको मुटु
कठ्याँग्रिएको मष्तिष्क बोकेर
एकले अर्कोको अस्तित्व मेटाउने धावा हाले ।
दिन रातको एकोहोरो लडाइ
बम बारुदको धुँवा धक्काले
मानसिक र शारीरिक थकान मेट्न
मान्छेको राक्षसीपनको अन्त गर्न
अन्तिम स्वासको बिस्राम ।
राक्षसी नरभक्षीहरुको समाप्ती
फ़्लाण्डर मैदानको समाधि
दुनियाको खुसीको हाँसो
पप्पी फूल बनेका ती वीर पुर्खाहरुको
आदर सम्मान सत्कार
नभेम्बर एघार – पप्पी डे ।
Please follow and like us: