खगेन्द्र संग्रौला

लेखनबाट चलेको मेरो गुजाराको अन्तरकथा निकै भयानक छरु।

मेरो लेखकीय जीवनमा एउटा कष्टकर प्रश्न लखेटी–लखेटी ममाथि झ्म्टा मार्न आइरहन्छ― लेखेर गुजारा चल्या छ, प्रिय बन्धु? यो प्रश्नको अप्रीतिकर उत्तर हर्दम मेरो मथिङ्गलको अग्रभागमा हाजिर छ र प्रश्न सुन्यो कि वञ्चना–पीडित यो उत्तर मेरा जिब्रामा खुत्रुक्क ओर्लिन हतारिन्छरु। व्याकुल उत्तरलाई अदपमा राखेर ओठे जवाफ दिनबाट म जोगिन्छुरु। कारण प्रश्नको अन्तर्यमा सद्भावयुक्त अभिप्राय छ र छ त्यसमा सकारात्मक उत्तरको तीव्र अपेक्षा पनिरु। यस्तो उत्तर जसमा लेखक, पुस्तक, पाठक र प्रकाशकको उज्यालो भविष्य ध्वनित होस्रु।

 

शुभेच्छुक जनहरूद्वारा घरीघरी मलाई नै यो प्रश्न सोधिनुको कारण छरु। अभिव्यक्तिका तीनवटा फाँटमा म कलम घोट्छुरु। म साहित्य लेख्छु, अखबारमा शब्दको खेती गर्छु र अनुवाद गर्छुरु। प्रश्नकर्ता मान्यवरलाई लाग्दो हो― शब्दकर्मका ती–तीनवटा मुहानबाट रकमको नित्य प्रवाह हुने भएपछि लेखेर मेरो गुजारा कसो नचल्दो हो? सरल गणितको हिसाबले प्रियजनहरूको यो लख कटाइमा कुनै खोट छैन, तर लेखनबाट हुने मेरो गुजारा भने हदैसम्म गएगुज्रेको छरु। वञ्चनाको यो कथा सम्झयो कि मलाई नमज्जा लागेर आउँछरु। र, मलाई कवि बैरागी काल्दाइलाई झैं त्यसैत्यसै झोंक चल्छरु। तैपनि प्रश्नकर्ताका विनयशील वचनको मान राख्न सकारात्मकताको हल्का लेप लगाएर म कामचलाउ उत्तर दिन्छु― हजूर, पन्ध्र–सोह्र प्रतिशतजति गुजारा चलेको छ भन्नुपर्‍योरु। नचिताएको उत्तर सुन्दा आशालु प्रश्नकर्ता त्यसैत्यसै खिन्न हुन्छरु। निजको खिन्नता देखेर म त्यसैत्यसै उद्विग्न हुन्छुरु।

 

अदम्य जिज्ञासा बोकेर निशानामा तीर ताक्दै हिंड्ने प्रश्नको स्वभावै ज्याद्रोरु। एक पटक उठ्यो कि उत्तर हात नपारी विश्राम गर्न त्यो मरिगए मान्दैनरु। त्यसैले त म यो प्रश्नको नित्य लखेटाइबाट हैरान छुरु। कतै लुक्न खोज्छु, चीलका जस्ता चक्षु भएको प्रश्नले मलाई फेला पारिहाल्छरु। छलेर उम्किऊँ भन्छु, शिकार खोज्न हिंडेको प्रश्नले मलाई पक्राउ गरिहाल्छरु। यो अनवरत आखेट र त्यसबाट उत्पन्न पीडाबाट छुटकारा पाउन म आज यो प्रश्नको सत्य–साँचो उत्तर दिन्छु― गुजारा चलेको छ मान्यवर, तर मेरो होइन, अरूहरूकोरु।

 

यी अरूहरू भनेका मेरा पुस्तक प्रकाशकहरू हुन्रु। यी रङ्गरङ्गका र ढङ्गढङ्गका छन्रु। यिनका स्वभाव, शैली र प्रवृत्ति पृथक्–पृथक् छन्रु। यिनको नैतिकता र इमानको मात्रा फरक–फरक छरु। यिनको एउटा विशेषता भने साझा छ― यिनले पैसा बडो राम्रोसँग चिनेका छन्रु। यिनको अतृप्त तृष्णाले नित्य पुकारा गर्दो हो― प्रभु, परिपञ्च मिलेसम्म पैसाजति मलाईरु।

 

मेरा बहुबिध प्रकाशकहरूको गोलोमा एउटा अपवादजन्य महल नभएको होइनरु। यो कटु चर्चामा त्यो महल छुट्दा सत्य अधुरो रहन्छरु। मेरो लेखकस्वको थैलो खासै तलमाथि नपार्ने महल हो योरु। तर के लाग्छ, तैबिसेक इमानी यो महलले पनि मलाई मर्का पार्न भ्याएकै छरु। रिसानी माफ होस् पृथक् महल, यहाँ म यो मर्काको गुप्त कथा कहन विवश छुरु।

 

अपवादजन्य यो महल कन्जुस छरु। यसले मेरा पुस्तकहरूको समानुपातिक विज्ञापन र वितरणमा कन्जुसी गर्छरु। पाठक एक ठाउँ हात थापेर बस्छ, पुस्तकलाई अर्को ठाउँ पसलको कुनामा भूमिगत राखिन्छरु। अलमस्त र अल्छे प्रकाशक मेरो गृहनगरी चाबेलका पसलहरूमा धरी मेरा पुस्तक पठाउँदैनरु। यो बेहोसी वा उपेक्षाको कारण द्रव्यमुखी छरु। र नै बजारु, बिकाउ र विकृतिबर्द्धक पुस्तकहरूमा यो एकाग्र हुँदो छरु। गहन र सुन्दर, लोकोपयोगी र दीर्घायु पुस्तकप्रति निज हजूरको अरुचि बढ्दो छरु।

 

साहित्यको सौन्दर्य एवं उपयोगमूल्य झारपातको भन्दा बढी छरु। जान्नेहरू भन्छन्― गहन चिन्तन र चित्ताकर्षक शिल्पयुक्त साहित्य पाठकको आत्मिक जागरण र उन्नयनको जादूगरी माध्यम होरु। तर मेरो प्रकाशक ठान्दो हो― यो सब गफ होरु। नाथे साहित्यद्वारा के को जागरण? के को आत्मिक उन्नयन? यस्तो अमूर्त परिवर्तन देख्ने र यसलाई तौलिने दृष्टि र तराजु कोसँग छ? साहित्यको प्रयोजन त जसरी हुन्छ आम पाठकको अभिरुचिलाई तुष्टि दिनु पो होरु।

 

ठीक हो मान्यवर, तर कस्तो अभिरुचिलाई तुष्टि? पाठकको मानस एवं मनोविज्ञानमा कस्तो प्रभाव पार्ने तुष्टि? सनसनी, हिंसा र बतासे भावुकताले भरिपूर्ण साहित्यले के गर्छ? आम पाठकको भद्दा अभिरुचिलाई झ्नै भद्दा बनाउँछरु। यही हो र साहित्यको धर्म? धर्म त पाठकको अभिरुचिको परिष्कार र सौन्दर्य–चेतनाको उँभौली पो हुनुपर्ने हो कि! प्रकाशक फिस्स हाँस्दै भन्दो हो― यो सब गफ होरु। साहित्यको एकमात्र धर्म हो– बिक्नु र प्रकाशकको थैली पुष्टिनुरु।

 

उसोभए प्रकाशकको दाउ बजारु पुस्तकको प्रकाशन, लटालट बिक्री र शीघ्र धनार्जन? मान्यवर, कमाउ धन्दाका लागि झ्न् बिकाउ चिज त अरू नै पो छन्रु। नजर होस् त, राजनीतिमा झ्ूटका पुलिन्दा कति साह्रो बिकाउ छन्! अर्थमा लोकगीतका बलरामको दूधको बजार कति व्यापक छ! धर्ममा अन्धविश्वासको धन्दा कति मालामाल छ! यहाँ पनि ठुस्स पर्दै प्रकाशक भन्दो हो― यो ताल न तुकको तोरिलाहुरे तुलना होरु।

 

अँ, प्रसङ्ग मेरो गुजाराको छरु। माध्यम मेरो शब्दकर्म छ र चर्चामा छ मेरा प्रकाशकहरूको ठगवृत्तिरु। यी धनुर्धारी शिकारी निम्न, मध्यम र उच्च तहका गरी तीन काँटका छन्रु। अब म समय–समयमा झेलेका थरीथरीका प्रकाशकहरूलाई घोलेर एउटा क्वाँटी बिम्ब निर्माण गर्छु, र त्यसमार्फत आफ्नो गुजाराको यथार्थ सुनाउँछुरु। यो बिम्ब एकमा अनेकको सम्मिश्रण होरु। तथापि हेक्का रहोस् मान्यवर, यो बिम्बमा ललाटमा प्रगतिशीलताको रक्तचन्दन लेपन गरेका प्रकाशकहरूका हंसको अंश अलि बढी नै छरु। यो बिम्बको शुभ नाम हो, श्री ज्ञानरत्न उपकारीरु।

 

पोहोरको कुरा हो, दशैं आइपुगेको छरु। आफू फकिरसँग दशैं खर्चको जोहो छैनरु। कुलबन्धुको गोलोमा पाको पुस्तामा पर्छु मरु। त्यसैले सबै नातागोता आए मेरो द्वारमा आसिक माग्नेहरूको धुइरो लाग्छरु। अलिकता शिकार, अलिकता मेवामिष्ठान्न, अलिकता अर्घ, अलिकता जमरा, अलिकता के, अलिकता के… । यी अलिकताहरू एकमुष्ट हुँदा दशैं खर्च दह्रै हुन्छरु। तर ज्यानको खल्ती उजाड छरु। खल्ती उजाड भएपछि मन पनि उदास नै हुनेभयोरु।

 

भन्नुस्त, अब गर्ने के? मलाई झवाट्ट प्रकाशकको याद आउँछ र उजाड मानसमा हठात् आशाको हरियाली छाउँछरु। मेरो पछिल्लो पुस्तक छापिएको ६ महीना भएको छरु। पुस्तक ठूलै छरु। मोल पनि ठूलैरु। विमोचनमा सहीछाप ठोकेर दुई सय थान पुस्तक बेचेको उमङ्गमय सम्झ्ना मेरो चित्तको एकान्त कुनामा ताजै छरु। हरेक पटक सोध्दा प्रकाशक नामक कौवाले शुभै शुभ बोलेको छरु। दाइ, बिक्री राम्रो छरु। प्रतिक्रिया निको छरु। सोच्छु, कमाउ धन्दामा निवृत्त मनकारी मनुवाले मेरो दशैं खर्चको गर्जो कसो नटार्ला?

 

पछिल्लो फोन वार्तामा ज्ञानी ज्ञानरत्नले प्रसन्नता ध्वनित हुने लबजमा भनेको छ― दाइ, दुई हजार थान सकिनै लाग्यो, तेस्रो हजार छपाउन लागेको छुरु। तर अचम्म, ६–६ महीनासम्म यो परम् ज्ञानी लेखकस्वबारे एकदम मौन छरु। किन? म शुद्ध मनले सोच्छु― आखिर मान्छेका फरक–फरक स्वभाव त हुन्छन् नैरु। श्रीमान् ज्ञानरत्नको स्वभावगत विशेषता होला योरु। मैले नै कुरा उठाएको भए पनि त हुन्थ्यो नि!

 

एसएमएसमार्फत सविनय सम्पर्क गर्छु– ज्ञानरत्न उपकारीजी, दशैंमा यो दमडीशून्य लेखकलाई यसो केही सानो उपकार…रु। म जेबी फोनमा कान थापेर व्यग्र प्रतीक्षामा बस्छुरु। उत्तर आउँदैनरु। फेरि एसएमएस गर्छु र प्रतीक्षामा बस्छुरु। तैपनि उत्तर आउँदैनरु। म सोझ्ो चित्तले गम खान्छु― कर्मशील उपकारी काममा व्यस्त होलारु। प्रसन्नपूर्वक मलाई भनेको उसैले हो― मेरो पुस्तकबाट उसलाई राम्रो लाभ भइरहेको छरु। म मुनाफाको मुहानलाई नै उपेक्षा गरेको त पक्कै नहोलारु।

 

कुरै कुरामा उपकारीले मलाई यो पनि भनेको छ― दाइ, हजार थान बिक्दा मेरो लागत उठ्छ अनि त्यसउता नाफा शुरू हुन्छरु। अनि? अनि अस्ति मात्र उसले मखलेल स्वरमा उद्घोष गरेको छ― दुई हजार थान गयो, दाइरु। पुस्तक गयोको अर्थ हो, उपकारीलाई थानैपिच्छे नाफा आइरहेछरु। म लेखक गाइ हुँ, ऊ प्रकाशक ग्वाला होरु। नित्य दूध पघार्न गाईलाई यसो घँस्याउनु पनि पर्छरु। हुनुसम्म रकमपारखी ग्वालालाई यति नाथे कुराको हेक्का कसो नहोला?

 

दुई दिन विस्फारित नेत्रले उत्तरको बाटो हेर्छुरु। अहँ, चाइँचुइँ छैनरु। हैन, के खालको मान्छे हो यो? आफूलाई खाँचो पर्दा दिनमा पाँ–पाँचपटक फोन गर्ने मान्छे यही होरु। हेर, अहिले मलाई खाँचो पर्दा! एसएमएसबाट पार नलागेपछि म फोनबाट उही व्यहोरा निवेदन गर्छु― “ज्ञानरत्न उपकारीजी, दशैंमा यो दमडीशून्य मनुवालाई यसो केही सानो उपकार…रु।”

 

फोनमा अलिबेर सन्नाटा छाउँछरु। अनि उपकारी ङाङङाङ–ङुङङुङको लबजमा भन्छ― हुन्छ दाइ, म हेर्छुरु। एक दिन बित्छ, उपकारी मलाई हेर्दैनरु। दुई दिन बित्छ, ऊ मलाई हेर्दैनरु। अनि तीन दिन बित्छ, के को हेर्थ्यो? हेर्छु भन्नेले नहेर्ने भो भनेर किञ्चित् खिन्न हुँदै म फेरि एसएमएस गर्छु― उपकारीजी, मलाई हेर्छु भनेको खै त? जाँगर मरेको तालमा ऊ भन्छ― दाइ, दुई–तीन दिनमा म पच्चीस हजार रुपैयाँ पठाइदिन्छुरु। बोलकबोलका ६ दिन बित्छन्, थैलो आउँदैनरु। अब भने उपकारीको नियतमाथि मेरो मनमा कसोकसो शङ्का जागेर आउँछरु। गाँठ्ठे, ठगपछि फेरि ठगकै पो फेला परें कि क्या हो?

 

पुनःस्मरण गराउन लाज लाग्छ र आजीत एवं थकित मनोदशामा म मौनधारण गर्छुरु। एकाध दिनपछि मेरो घरपिंढीमा उपकारीको दूत आउँछ र मलाई रामनामी टाइपको पहेंलो बन्द खाम टक्र्याउँछरु। प्रसन्नता र सन्देहमिश्रित भावले हत्तपत्त खाम खोलेर नोट गन्छु– जम्मा दश हजार छरु। ज्ञानरत्नले बाचा गरेको झ्ण्डै दुइतिहाई रकम नदिंदा मेरो दुईतिहाइ उमङ्ग खरानी हुन्छरु। फोन गरेर सोध्छु― “भाइ, पठाएको कति हो?”

 

खाममा जति छ, त्यति नै हो ऊ भन्छरु। उसको बोलीमा एकथोपो लज्जाभाव छैनरु। बाँकी पन्ध्र हजार? दाइ, म अहिले आर्थिक सकसमा छु, दशैंपछि बीस हजार टक्र्याउँछुरु। भर नहुने भाका राखेर ऊ सरक्क पन्छिन्छरु। मेरा अपमानित नजर शून्य आकाशको विराट शून्यतामा विलीन हुन्छन्रु।

 

दशैं आएर मेरो मानसमा ज्ञानरत्न उपकारीको कटु सम्झ्ना झ्न् गाढा बनाएर जान्छरु। दशैंपछि एक हप्ता बाटो हेर्छुरु। अघोरी उपकारी प्रकट हुँदैनरु। तिहार मुखमुख आइसक्छरु। दुःखको मामलो फेरि पनि दमडीकै छरु। उपकारीलाई एसएमएस गर्न मेरा औंला मान्दैनन्, फोन गर्न बक् फुट्दैनरु। अथाह ग्लानिको भावनाले चित्त कटक्क काटिन्छरु। हैट्, जिन्दगी! आफैं आफ्नो श्रम र साधनाको भिखारीजस्तो मरु। तर के लाग्छ, जिन्दगीरूपी वाहन त चलाउनै पर्‍योरु। वाहन चलाउन इन्धन त चाहियो नैरु। अपमानको जहर पचाएर त्यसैत्यसै नूर गिरेको मुद्रामा म प्रकाशक ज्ञानरत्न उपकारीलाई पुनः एसएमएस गर्छु– भाइ, मलाई वचनको याद आयोरु। सास जाओस्, विश्वास नजाओस् भन्ने लोकोक्ति छरु। लौन जीरु।

 

अहँ, जवाफ छैनरु। अनेक एसएमएस व्यर्थ भएपछि लाचार भएर म फोन गर्छु, उठ्दैनरु। उता ज्ञानरत्न उपकारी मौन साधनामा लीन छ यता म हर्दम हात पसारेर बसेको छुरु। जीवनभरिको कष्टसाध्य साधनाबाट निर्मित मेरो दृष्टि, भाषा र शिल्पको फल हो यो, किन छाडूँ भन्ने भावनाले हठ गर्छरु। फेरि एसएमएस र फेरि फोनरु। जवाफ मरिगए आउँदैन मानौं मेरो विरलाकोटी प्रकाशक श्री ज्ञानरत्न उपकारी मानवलोकबाटै विलुप्त भयोरु। मलाई चिन्ता लाग्छ र एक सूत्रमार्फत बुझछुरु। सूत्र भन्छ― ज्ञानरत्न इहलोकमै स्वस्थ, शान्त र प्रसन्न छरु।

 

हारथाक र हैरान भएको म आफ्ना चिन्ता, अभाव र अपेक्षाहरूको बोझ् थपक्क बिसाउँछु र प्रकाशक उपकारीको मनोदशा र मनोवृत्तिबारे उसकै दृष्टि र कोणबाट गम खाने यत्न गर्छुरु। ऊ जे गर्दैछ, खासमा त्यसको पछाडि उसका पनि त केही तर्क होलान्रु। हैन, ऊ के सोच्दो हो? ऊ जे सोच्दो हो, आखिर त्यस्तो नै किन सोच्दो हो? कल्पना गरौं, अहिले ऊ आफ्नो कार्यालयमा लचकदार कौचमा बसेको छरु। साथमा केही सहयोगी र यारहरू छन्रु। जब मेरो फोन जान्छ, स्मार्ट फोनमा नाम हेरेर सके ऊ कित्कित् हाँस्छरु। र कटाक्षको भावमा भन्छ― ल, चाबेलको चाउरे फेरि आयोरु। धत्, यो कस्तो लिसो लागेको? दिन्छु तँलाई पैसा!

 

मेरो लखकटाइ जारी छरु। लेखकलाई लेखकस्वबाट वञ्चित गर्नुका पछाडि द्रव्यपारखी प्रकाशक ज्ञानरत्न उपकारीका आफ्नै तर्क हुँदा हुन्रु। र, ऊ ठान्दो हो― ती तर्क अकाट्य हुन्रु। यो असमान र अन्यायी जगत्मा समानता र न्यायको वितरण बराबरी हुनुपर्छ― शायद उसको मान्यता यस्तो छरु। अर्थात् लेखकलाई नाम, प्रकाशकलाई दामरु। लेखकलाई यश, प्रकाशकलाई ऐश्वर्यरु। लेखकलाई नाम र दाम दुवै कहाँ हुन्छ? जनबहुल र अभावग्रस्त जगत्मा कहाँ मिल्छ दुई हातमा लड्डु? लाजै नमानी चिची पनि चाहिने, पापाको पनि लोभ गर्ने?

 

मान्छेका फेला परेपछि मान्छेले पाठ सिक्छरु। चाबेलिया बूढाले सिकोस् अबरु। यो कटाक्षकारी कथनको लयमा ऊ फेरि कित्कित् हाँस्दो होरु। आफ्ना इष्टदेवका तर्कमा दह्रो दम देखेर निकटवर्ती जन मखलेल हुँदा हुन्रु।

 

नेपाल बर्खामासका च्याउसरी लेखक उमि्रने विचित्रको मुलुक होरु। मुलुकमा गनिनसक्नु प्रतिभासम्पन्न लेखक छन्, जो नाम र दाम दुवैबाट वञ्चित छन्रु। उपकारीको तर्कको लहरो यसरी झाङ्गिदो होरु। कत्रा दुःखले कमाएको पैसोले कृति प्रकाशित गरिपाऊँ भनी जम्लाहात गर्दै मकहाँ धाउने लेखक कति छन् कतिरु। यी सब निष्कामकर्मी हुन्रु। केहीको लोभ छैन यिनलाईरु। न आनन्ददायी नामको, न मेवादायी दामकोरु। यिनको चर्चा कहीं, कतै, कसैले, कहिल्यै गर्दैनरु। तैपनि कसैसँग यिनकोे केही गुनासो छैनरु। पुस्तकमा नाम र फोटो छापियो कि यिनका लागि लाख भयोरु। अनि एसएमएस र फोनको अथक् साधक चाबेलको तृषित जीव? मैले कत्रो कृपाले पुस्तक छापिदिएँ, आमसञ्चारमा यत्रतत्र उसको फोटो आयोरु। जताततै कत्रो हाईहाई भयो उसको! यतिले नपुगेर अझ् पैसो चाहियो रे! लेखक नाथेको लोभी जात!

 

यहाँनेर विलक्षण प्रकाशक श्री उपकारीलाई यो अकिञ्चन लेखकलाई दश हजार नखत टक्र्याएकोमा भारी पछुतो लाग्दो होरु। थुक्क म! बूढालाई व्यर्थै दिएँछु त्यत्रो रकमरु। एसएमएस र फोनमा हात पसार्थ्यो, याचना गर्थ्यो, थाक्थ्यो र आफैं थान्को लाग्थ्योरु। द–दश हजार क्याँट, हत्तेरी मेरो बुद्धि!

 

गम्भीर आत्ममन्थनको यस मोडमा पुगेर मिस्टर उपकारी नैतिकता, वचन र इमानको अर्थउपर घोत्लिंदो होरु। यो भोग, सोख र मोजको जमाना होरु। सारा जगत् त्यतै छरु। लोकमान प्रवृत्तिको हात माथि परेको लोकमा के हो नैतिकता? के हो वचन? के हो इमान? म त भन्छु― यी सब जिब्राका खेल हुन्रु। जगत्मा आज को छ नैतिकवान? को छ वचनपालक? को छ इमानी? बडाबडा लाल पार्टीका कत्राकत्रा त्यागीहरू त्यागलाई नै त्यागेर लोभ, लाभ र भोगमा लिप्त छन् भन्देखिन् नाथे म एउटाले इमानको यत्रो सगर कसरी थाम्नु? म थाम्दिनँरु। खाँचैसित्तीरु। चाबेलियाले सरापे सरापोस्रु। उसको मुख दुख्छ, मेरो रौं हल्लिंदैनरु।

 

घाम डुब्न लागेको बेला छरु। उपकारीको समीपका जन आ–आफ्ना गुँडतिर लाग्छन्रु। उपकारी हाई काढ्छ, कन्सिरी कन्याउँछ, रुद्रघण्टी मुसार्छरु। अगाडि टेबुलमा निष्कामकर्मी प्रतिभाहरूका निरस पाण्डुलिपिहरूको सानोतिनो चाङ छरु। उपकारीको खल्तीमा तिनले टक्र्याएका क्याँटका रसमय बिटा छन्रु। म अनुमान गर्छु― चतुर र विरल प्रकाशक ज्ञानरत्न उपकारी आनन्दमग्न मुद्रामा रकम गन्न थाल्दो होरु। र, मनमनै बडो शानले भन्दो हो― ओ चाबेलवासी मनुवा, चित्त फराकिलो पार्ने कला यी महान् मनीषीहरूबाट सिकरु।

 

म अब आफूतिर फर्किन्छुरु। लोकमा नैतिकता, वचन र इमान जब तिरष्कृत हुन्छन्, बाँकी रहन्छ केवल बाहुबलरु। त्यस्तो बाहुबल, जुन न मसँग छ, न जसमा मलाई चाख छरु। लाग्छ, लेखनीमा ठगिनु मेरो नियति हो, ठग्नु श्री उपकारीहरूको प्रिय धन्दारु। यही हो लेखनीबाट हुने मेरो गुजाराको यथार्थ कथारु। कथा सकियोरु। तैपनि परम् उपकारी प्रकाशकका कठोर कटाक्षले निर्ममता साथ डसेका मेरा आँखासामु शून्यमा उही प्रश्न तुन्द्रुङ्ग झुण्डिन्छ― लेखेर गुजारा चलेको छ, प्रिय बन्धु?

 

चलेको छ मान्यवर, तर मेरो होइन, मेरा उपकारीहरूकोरु।

 

(स्रोत : हिमाल खबर १६ असोज – ६ कात्तिक २०७३)

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Khagendra Sangraula (born 25 November 1946) is writer, novelist of Nepali literature famous for his unique style of satire. 1. Balyakalkaa Padchapharu 2. Kunsai Kaka Ka Katha 3.Samjhanaka Kuinetaharu 4.Junkiriko Sangeet 5.Aama Ra Yamadutharu 6.Bais Thunga Phool 7.Samjhanako Ainaka Tasbirharu 8.Jan-Andolanka Charraharu

Leave a Reply:

Your email address will not be published. Required fields are marked *