मुखिनी बज्यै उमेरले साठी बर्ष पुरा भएपनि अझै उनको पढ्ने रहर छुटेको छैन् ।

नाति नातिनासंगै गुन्द्रीमा बसेर पेन्सिल र कापी लिन्छिन् । उनले न कखग नै चिनेकी छिन न अक्षर नै पढ्छिन् । आफ्नो उमेर हुँदा पनि पढ्न नपाएकी मुखिनी बज्यै बिहानै बेलुकै नाति नातिनासंग सिक्न अग्रसर हुन्छिन् ।

मुखिनी बज्यै भन्छिन नाति प्रशान्तलाई, “बाबु मलाई पनि दुईचार अक्षर सिकाईदेउन ।”

नाति भन्छ, “हो र हजुरआमा हजुर साँच्चिकै सिक्ने हो पढ्न लेख्न ?” हजुरआमा भन्नु हुन्छ उसैगरी, ” हो नि नाती, तिमीहरु छौ त मेरो पनि दिन कटिरहेछ, तिमीहरु पलेँटी कसेर पढेको देखेर मलाई पनि पढ्न रहर लाग्यो ।”

उता नातिनी प्रकृतिले पनि भनी, “हो हजुरआमा पढ्न लेख्न सिक्नुस, सिक्नु भयो भने घरमा बाबाले ल्याएको पत्रिका दिनभरि पढ्न तँपाईंलाई काम लाग्छ ।” यसरी नाति नातिनाले हजुरआमालाई पनि यो बुढेसकालमा ज्ञानको आँखा खोलिदिने अठोट राखें ।

यसरी नाति नातिनासंगै बिहानै बेलुकै पढ्दै अक्षर चिन्ने भइन मुखिनी बज्यै । उनकै घरमा छोरोले ल्याएको पत्रिका अनि छोरोको लेख रचनाहरु पढ्न सक्ने भइछिन् ।

पत्रिका हेर्दै थिइन् मुखिनी बज्यै भन्छिन छोरोलाई “बाबु हेर त तैँले अस्ति लेख रचना पठाएको आज पत्रिकामा निस्के छ ।”

छोरो खुशी भयो, आमा नाति नातिनासंगै पढ्न सिक्दै हुनुहुन्थ्यो एक शिकारु भएर आज त पुरै सिक्नु भएछ ।

छोरोले आफ्ना बच्चाहरूलाई बोलायो, “ए बाबु, ए नानी यहाँ आउत हजुरआमालाई के जादु गर्यौ, आमा त मस्त कुर्सीमा बसेर पत्रिकाको अक्षर पो पढ्दै हुनुहुँन्छ ।”

उता गाउँ छिमेकीका मान्छेले पनि कुर्सीमा बसेर पत्रिका पढ्दै गरेको देखेर छक्क पर्छन र बाहिरैबाट हल्ला गर्छन, “ए मुखिनी बज्यै कहिलेदेखि अक्षर चिन्न थाल्नु भो हँ ?”

•s:fb

बिराटनगर -६, ममता-मार्ग ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *