नाताले मामा पर्ने हुन । आफुले भैंसी पालेको भए पनि घिउ पुग नपुग हुने अवस्था भएकोमा धेरै पटक मैले उनी सगै किनेको थिएं । अरुलाइ भन्दा भाउमा थोरै मोलाहिजा पनि गर्थे । यस पटक भने बाटो काटेर गयो भने केही भन्लान कि भनेर शिष्टाचारको लागि पसेको थिएं ।
म आगनमा पुग्दा घरमा भएभरका ठेका,ठेकी, गवुवा,स्याम्खा सब निकालेर, धोइपखाली गरेर, आंगनेठोमा लहरै ठड्याएर खुर्सानीको धूप दिदै गरेका भेटिए मामा ।
” दर्शन गरें है मामा ! हैन केहो मामा यस्तो …?!” मैले खुर्सानीको खारले खोक्दै सोधें
“ओहो दर्शन भयो है भान्जा बाबू ! कस्का आँखा परेर हो कुन्नि ? चोखे लागेछ । हरेक पटक दहि मथ्यो महि खाइ नसक्नु अमिलो ! जहान सबै कराए । तेहि भएर भांडा चोख्याएर , आँखा पन्छाउन लागेको हो बाबू ।”
“पहिला जस्तो धेरै भैसी पाल्न त कम गर्नु भयो क्यारे ! गोठमा एउटा मात्रै भैंसी देखें कति छ दूध ?”
“बूढाबुढी भैयो ! घांसपात पुर्याउन पनि सकिएन । त्यै एउटा नाइरो झुण्ड्याउन पनि गाह्रो भैसक्यो । कति हुनु बाबू सांझ बिहान च -चार माना दिन्छ ।”
“चारमाना धेरै हो ! तीन सांझको बाह्रमाना दूध मथ्दा त घिउ त धेरै लाग्दो होला नि ।”
“काँ… हुदो हो ! बिहान बेलुका दु -दुइ माना ठेक्का लाएको छ । नातिलाइ नभै भएन , म बूढो आखिरमा दुइमुठी दूध पाए दुई गास बढी भात रुच्छ । बुढी नखाएर दूध जोगाउन खोज्छे , बलैले दुई मुठी आफैले ख्वाउंछु । भैसीको चाकरी गर्ने भनेकै बुहारीले हो , दुई मुठी दिनै पर्यो । घरको मर्द भनेकै छोरो हो , खाने हकै भयो । सत्कार भनेपनि खाजा भनेपनि चियाको सबैलाइ अम्मल छ । बल्लतल्ल सांझको एकमानो दूध भांडामा पर्ला । पाँचदिन छदिन बिराएरै हो बाबू दहि मथ्ने पालो आउने !”
“पाँच/छ दिन जमाएको दहि मथ्दा तपाइको महि अमिलो नभएर कस्तो हुन्छ त नि ! कसको पो आँखा पर्नु पर्यो,चोखे लाग्नु पर्यो ?!” यस्तो भन्न मन नलागेको त होइन तर बुढेसकालले छोएका मामाले चित्त दुखाउलान भनेर चुपै लागें ।
s:fb