—स्कूलको जागीर थियो मेरो ,नजिक राष्ट्रिय निकुन्ज | सौराहा निवासी हुनुको बेग्लै आकर्षण | करीब ४० बर्ष अघिको कथा यो —छुट्टीका दिन टाइम पास –पप्लु |फौजीहरू साथी –चौकीमा गएर खेलिन्थ्यो |”सर नआए मज्जा नै हुन्न,हाम्रो पैसा अरूले खान सक्दैन ” मेजर वीरबहादुर गुरुंग —फरासिला | ” आनन्द सर,सैनिक स्कूललाई हजूर जस्तो गुरुको खाँचो छ,जाने ?”मलाई प्रस्ताव आएको थियो |”झुवानी हाई स्कूल छोडेर अन्त जाने कुरा म सपनामा पनि सोच्न सक्दैन थिएँ |मैले आफ्नो रुची देखाइन | हाम्रो मित्रता गाढा भयो |साँझ अलि अलि रमझम पनि चलने | म पनि फौजीको छोरो —सिपाहीहरू बहुत सम्मान गर्दथे |
—-“मेजर साप,एउटा कुरा सोधौं ?”एक दिन दुई जना मात्र भएर ‘रसपान’गर्न लागेको बेलामा मैले यो प्रश्न गरें |”ढुक्कसित नि सर !”
“यो देशमा जहाँ पनि भ्रष्टाचार व्याप्त छ |यो फौजीहरूको सन्सारमा चाहि गंगा कति पवित्र हुनुहुन्छ ?”
“सर, यो जंगलमा घाँस दाउरा गर्न आउने तरुनीहरू र हाम्रा राम्रा सिपाहीहरूको प्रेमलीला थाहा छ हजुरलाई ?”उनी उल्टो अचम्मको प्रश्न लिएर आए |
“मेरो प्रश्नको उत्तर आयो र ?”
“हजुरको प्रश्नको उत्तर यही प्रश्न भित्र छ सर –खोज्न जानेमा !”
“कसरी साप ?”म अलि अबोध बनें |
“सर,तरुनी र पैसा उस्तै हो |अझ गरीबको घरमा हुर्केकी राम्री तरुनी छोरी छ भने उनको कौमार्यको विमोचन छिटो हुन्छ |यो ‘बजेट ‘पनि त्यस्तै हो |कसले छोड्छ र सर ? मभन्दा माथिको हाकिमले मलाई सिकाए –ए गुरुंग,खानुपर्छ,खा –तर कागज़ मिलाएर खा –नक्कली कागज़ सक्कली नोट —यो त स्थायी परम्परा हो |मौक़ामा चौका |कोही कोही अति इमानदार पनि हुन्छ सर –नत्र तलवले मात्र के हुन्छ र सर ?”
“संस्कार नै भ्रष्ट छ साप !अब म शोध गर्दिन !”आज पनि ती गुरुंग सापको याद आइरहेको छ |