भर्खरै खुलेको बोर्डिङ स्कुल। प्रीन्सिपल बुढा नै भएपनी स्टाफ प्रायस जवान नै थिए।अझ हामी चार पाँच जना लरक्क परेको अविवाहित टोलि ले त चार चाँद लगाएको थियो।बुढा बेला बेला अब युवा हरु नै अगाडि बढेर देश बनाउन पर्छ भनेर प्रशिक्षण दिन्थे।
“जमाना का क्रान्तिकारी बुढा हुन बहुत कडा छन है होस गर।” म भन्दा अलिक सिनियरहरु मलाई सम्झाउँथे।आफ्नै सम्झेर सम्झाएका भन्दा पनि मैले प्रीन्सिपल को छोरी सङ्ग चक्कर चलाउन थालेदेखी यिनिहरु म सङ्ग जल्न थालेका थिए।उन को र मेरो उमेर पनि एकै थियो।हामी दुबै उनका बाबा का कर्मचारी।सरकारी स्कुल भैदिएको भए दुई पिरियड पढाएर घाम ताप्दै दिन भरी गफ गर्न पाइदो हो।तर यहाँ त १० बजे क्लास छिरेपछी बिचमा छुस्स पिसाब फेर्ने समय बाहेक एकैचोटी खाजा खाने समय मा मात्र फुर्सद मिल्थ्यो।त्यही फुर्सद को समय पनि मोरो प्रीन्सिपल ले आफ्नो छोरी छोड्दै छोड्दैनथ्यो।पर पर टेबल मा बसेर आँखा ले गफ गर्नु बाहेक कुनै बिकल्प थिएन।
“फेसबुक मा कमेन्ट र म्यासेज नगर है। बाबा सङ्ग पनि पास्वोर्ड छ।बेला बेला चेक गरि राख्नु हुन्छ”।उनले भनेकी थिइन्।
इमो र भाइबर बाहेक अरु बिकल्प नै थिएन।बेलुका ससुरा बुढा नसुती गफ गर्नै पाइदैनथ्यो।राती पनि बेला बेला सेन्ट्री गरिरहन्थे अरे।
पिकनिक को दिन थियो।८/९ कक्षा को क्लास टिचर भएको नाता ले हाम्रै जोडी को जिम्मा मा परेको थियो पिकनिक। दिनभरी सङ्गै हुन पाउने खुसी बेग्लै थियो।एक्कासी बज्रपात आइपर्यो।प्रीन्सिपल सर पनि पिकनिक जाने हुनुभयो।सदा झैँ छोरी लाई एक्लै छोड्दै छोडेनन बुढा ले । गफ गर्न त परै जाओस राम्रो सङ्ग अनुहार हेर्न पनि पाइएन।
“ससुरा बुडा ले रड्डि गरे नि आज पनि।कस्ता बुढा हुन यार।छोरी जुवाइँ को बिच मा बालुवा बन्न कति रहर लाग्या होला”। बेलुकी उनी अनलाइन आउना साथ म्यासेज गरेँ मैले।
“छोरीहरु लाई यसरी एक्लै छोड्यो भने महिला हिंसा बढ्छ रे क्या।त्यै भएर बाबा ले मलाइ कतै जाँदा पनि एक्लै जानै दिनु हुन्न इट्स अल अबाउट सेफ्टी”।यति लामो जिब्रो को स्माइली सहित उनले रिप्लाइ गरिन्।
“खै खास मा महिला हिंसा कस्तो हो भनेर बुझ्न लाई आज सम्म आफू ले भोगेको पनि छैन।के के गर्यो भने हिंसा हुन्छ त्यो पनि थाहा छैन।तर तिम्रो बाबा ले झैँ यसरी महिला को स्वतन्त्रता नै खोस्नु चाहिँ पक्का पनि ठुलै महिला हिंसा हुनुपर्छ।”म म्यासेज रिप्लाइ गर्नासाथ लग आउट भएँ।
२०७५ मंसिर १४