सुकुम्बासी बस्तीमा जेनतेन जीवन गुजारिरहेको तिनको लोग्ने बितेपछि एक छोरोको जिम्मेवार तिनकै काधमा आइपर्यो । तिनी नजिकका बजार जान्थिन्, इटा, सिमेन्ट, बालुवा, तरकारी जेजेको भारी पायो त्यही त्यही बोक्थिन् । दिनभरीको ज्यालामजदुरीबाट आएको रकमले छोरा र आफूलाई एकगासको लागि सामाल जुटाउथिन् ।

दैनिकी यसरी चल्दै थियो । अकस्मात बजारमा हडताल भयो र केहीदिनको लागि सबै कामधन्दा बन्द भयो । तिनले वरपरका संग रोटी खानको लागि पीठो अ‍ैचोपैचो मागिन्, कसैले पत्याएनन् । आखिर केही सीप नचलेर त्यही झुपडीमा फर्किन् जहां भखरै पाच वर्ष टेक्दै गरेको छोरो तिनैलाई पर्खिरहेको थियो ।

‘आमा भोक लाग्यो ।’ आमादेख्ने बितिकै छोराले उही बालसुलभ तोतेबोलीमा आशा गर्यो– ‘आज त रोटी पनि धेरै खान्छु ।’

सानै भए पनि भोकमा रोइकराइ नगरी चुपचाप आमाको बाटो कुरिरहेको भोको छोराको अगाडि तिनी अवाक भइन् र टाउको मात्र ओत्नमिल्ने त्यही झुपडीको छानोबाट देख्ने पुर्णकदको चन्द्रमालाई देखाएर भनिन्– ‘पख बाबु । आजै रोटी खाने हो भने हिजो अस्तिको जस्तै सानो टुक्रा मात्र पाउने छौ । भोली खाने भए हेर त उ त्यो आकासको रोटी जत्रो पाउने छौ ।’

रोटीको लागि आमा कुरिरहेको त्यस बालकले यसरी त भन्न सकेन तर त्यो बालमस्तिस्कले सोच्यो– ‘साच्चै त्यति ठूलो रोटी पाउने भए म किन हतार गर्नु । भोग जाबो त पेटमा सधैं लागेकै त हुन्छ । म त्यसको सानो टुक्राले पनि अघाइ हाल्छु । बाकी भाग आमालाई दिनेछु । त्यो ठूलो रोटी पाएर आमा पनि त खुशी हुनुहुनेछ ।’

त्यसपछि भोलीपल्ट रोटी पाउने आशामा उ आमाको न्यायोकाखमा छिटछिटो निदायो ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Articles researcher, contributer & Editor for www.sahityasangalo.com Poem and song writer studying master in business

Leave a Reply:

Your email address will not be published. Required fields are marked *