भनिन्छ, ‘साहित्य मानव जीवनको सामाजिक ऐना हो’ नेपाली साहित्य सिर्जनाका विभिन्न विधामा दुई दशक यताको समयमा ह्वात्त बढेर आएको छ । सबै प्रकाशित विधाहरुका नाम सुन्नसम्म पनि गार्हाै पर्छ । प्रकाशनले आफ्नो लगानी गरेर छापेको हो भनेमात्र हरप्रयास गरेर भिडियो हिट गर्ने तारतम्भ्य रचेको हुन्छन् । त्यसो हुँदा पनि धेरैले हावा खान्छन् किनकि आजको जमानमा पाठकको मन र मस्तिष्कलाई नै जित्न सक्नु पर्नेछ आफ्नो कलाले । भनिनै हाले प्रकाशित सवै विधाहरु हेर्ने हो भने अरु कामलाई थाँती लगाए पनि हुन्छ । तर यसो गरिहाल्न पनि हाम्रो आजको समाजमा सम्भव नहोला । त्यसैले रहरले साहित्य लेख्ने जमान छैन आजको । केही भोगेको, केही देखेको र केही फ्यान्टसी वर्डको कल्पलाशील संसारमा रमेर सिर्जना गरेको साहित्यहरू नै बढी चर्चा या सफल भएको पाइन्छ ।
त्यसै गरेर साहित्यकार जानु काम्बाङको फाट्टफुट्ट कतै गीत कतै कविता सुन्दै आएको त वषौं पहिलादेखि नै हो । तर केही वर्षयता उहाँको नाम विभिन्न मिडियामार्फत युटुबलगायत यन्त्रतन्त्रमा पनि चर्चामा देखिन थालेपछि मात्र ज्ञान भयो कि उहाँ त यो समयको चर्चित गीतकारको नामले पनि चिनिनु हुँदोरहेछ । त्यसो त नेपाली चलचित्र मट्टिमालाको आइटम गीत चर्चामा आए पछि अरू धेरै फिल्ममा गीत पनि लेख्न तल्लिन देखिएका जानु काम्बाङले उहाँको शिविरमा ईश्वर कवितासंग्रह, अनुभव र जानु नामका गीति एल्बम पनि विमोचित भइसकेको समाचार धेरै मिडियामार्फत देख्न र सुन्न सकिन्छ ।
आज भने म उहाँको भर्खर गोदावरी बुक्स सेन्टरले प्रकाशनमा ल्याएका नउघ्रेको जून कथासंग्रहको समीक्षा गर्ने जमर्काे गर्दैछु । समीक्षा भनेको विधाले उठान गरेको राम्रा नराम्रा पक्ष पक्ष्यान्तरलाई उतार्नुभन्दा पनि त्यसको मुल विषय र सौन्दर्यलाई उतार्नु हो । यो, या त्यो गरे राम्रो भन्नु व्यर्थ हो । अथवा त्यो नभएर नराम्रो भन्ने मेरो समीक्षा पर्दैन । साहित्य आफ्नो मनबाट अनि प्रत्यक्ष देखेर, मनन गरेर अफ्नै भाषा र लयमा उतारेर समाज र पाठकको हातमा सुम्पिनु हो । जब प्रकाशित भएर पाठकको हातमा पर्दछ, त्यो लेखकको बसमा रहँदैन । दार्शनिक ज्याक डेरिडाले भनेझैँ लेखकको स्रोत मृत्यु हुन्छ तब लेखकका लेख पाठकका हातमा पुग्नेछ । अनि पढेलेखेकाले मात्र नि लेख्ने हैन साहित्य र नपढेकाले नबुझ्ने पनि हुनुहुन्न आजको साहित्य । साहित्य सरल, सरस र बोधगम्य हुन जरूरी छ ।
यहाँ समावेश भएका लामा छोटा जम्मा २० वटा कथाहरू आ–आफ्नो परिवेशमा जन्मे हुर्केका छन् । आंशिक कथाहरू लामा छन् त कोही मझ्यौंला खालका । जानुका कथाहरूलाई कथागत प्रवृत्तिको परिवेशमा मुख्यतः निम्न वर्गमा राखेर हेर्न सकिन्छ ।
(क) मनोवैज्ञानिक चित्रण र प्रयोग
(ख) डायस्पोरिक प्रभाव
(ग) यथार्थपरक तथा ग्रामीण परिवेश
(घ) नारीवादी स्वर र पीडा
(ङ) विसङ्गतिवादीको प्रभाव
(च) द्वन्द्वको प्रभाव र प्रवृत्ति
(छ) नैराश्यतामा भय प्रयोग
अहिले भने उहाँका केही प्रतितिधि कथाहरूलाई हेरौं ।
‘नउघ्रेको जून’ कथा जानुका काम्बाङ लिम्बूद्वारा लेखिएको उत्कृष्ट मनोवैज्ञानिक कथा हो । यो कथाले फिदिम सेरोफेरोलाई फिचरिङ गरेको छ । फुच्ची (इच्छा) नामकी एक सुन्दरीमाथि जीवन (पेसा पुलिस)ले एकतर्फी मन पराएपछि कथा अगाडि बढ्छ । उनका बाबाआमा दुवैजना माओवादीको द्वन्द्वकालमा मारिएपछि एक जना होटलका साहुनीले काम गर्न राखेकी हुन्छिन् । बिहान बेलुका काम र दिनमा स्कुल जान्छिन् । स्कुल पढाउन पठाउने साहुनीको यो उदाहरणीय कार्यले समाजमा परिवर्तनको लागि गहन भूमिका खेलेको देखिन्छ ।
जीवनले पानीधारा लगायत वनपाखामा पटक–पटक इच्छालाई बोलाउँदा नबोलेपछि जीवनले गरेको धैर्यतालाई देख्दा उनी एक भद्रभलाद्मी पुरुष भएर उभिएका छन् कथामा । इच्छा अचानक पहाड गएपछि फर्किन्नन् तर उनको बोली नआउने कुरा सुनेपछि जीवनलाई आत्मग्लानी हुन्छ । मन खिन्नताले भरिएर पोखिन्छ । बल्ल आज उसले सोधेका प्रश्नहरुको जवाफ किन फर्किएन छ भन्ने कुराको बोधगभ्य हुन्छ उनलाई । इच्छा बोल्दी हुन के के भन्थिन् होलिन् ? भित्री रूपमा कति रिसाएकी थिइन् या खुसीमा थिइन् ? उनको कलिलो मनमा कस्तो प्रभाव प¥यो होला ? बोल्न सकेको भए जीवनले पहाड जानबाट पो रोकथाम गर्थे कि ? अनि अर्काे मेरो मनमा खड्किएको कुरा भने (किन लेखेर अभिव्यक्त गरिनन् त इच्छाले) भन्ने हो ।
पहाड गएकी इच्छाको केही दिनमै सानो बाबाको बलात्कारीको पीडाबाट तड्पिएर झुन्डिएर मर्छिन् । छानबिन गर्न जाँदा जीवनले उक्त घटना आफ्नै आँखाले देख्छन् र लेख्छन् यो कथा ‘नउघ्रेको जून’ ।
अर्काे कथा हो बिछोडको पीडा’ यो कथा यथार्थवादी कथा हो । गाउँ घरमा नै डकर्मी काम गरेर तातो पिरो खाएर बसेको हर्के पैसा कमाएर आफ्नो र मुन्दमीको सपना सजाउन ऊ मलेसिया लाग्छ । विवाहपश्चात् घरमा मिलेर बस्न नसक्नाले आमाजु र ससुरासँग छुट्टिएर बस्न पुग्छन् । गाउँको बारीमा अलैंची फलाउने र बिर्तामोडमा घर बनाएर साना छोरीहरुलाई राम्रो शिक्षा दिने सपना देख्छ ऊ । तर सोचेको सबै सपना साकार हुन्न भन्ने कथाको माग देखिन्छ । मलेसियाको सरकार नेपालजस्तै छ । गुण्डालाई राहत दिन्छ । बिना सर्तमा नै सानो कुरामा झपड गर्न खप्पिस छन् यहाँका यूवाहरु । यहाँ हुन पनि यस्तै भइरहेको छ । मरे पछि लास मात्र नेपाल भित्रिन्छ, कारणबिना । घटना भएको केही दिनपछि मात्र हर्केको लास फर्किन्छ नेपालमा । बिडम्बना त यो पनि भइदिन्छ कि मुन्दुमी बेहोस् भएर लडेपछि प्यारालाइसिस हुन्छिन् । साना छोरीहरुले कसरी पाल्लान् ? जो सानै छन् । यसरी कथा एक अनिश्चितताको मोडमा पुगेर टुंगिन्छ । पाठकको मन एक प्रकारले चुुँकडेर लगिदिन्छ ।
त्यसै गरेर ‘ऊ मेरो बाबा हैन’ उत्तर आधुनिक मझधारमा उभिएर लेखिएको प्रायः हाम्रो समाजमा भइरहने कथा हो । यहाँ आफ्नो बाबा र बोइ फ्रेनको आमामा पनि लभ मात्र हैन बच्चासम्म पाउँदा देखिएको एक नाटकीय रंगमञ्चीत कथा हो यो । घरमा सोझी श्रीमती र कलकलाउदी छोरीको बाबा भएर रामधनले हद नाघेको देखिन्छ । कथाको मुल मर्म भनेको ‘बिहाइन्ड द सिन’ लोग्ने मान्छेले गर्ने एक घातक चर्तिकलालाई चित्रण गर्नु यो कथाको मुख्य उद्देश्य ठहर्छ ।
प्रायः विदेशमा घट्ने कथा हो ‘नर्माः अर्थात् कुमारी आमा’ वास्तविक सत्य घटनामा आधारित एक कथा हो । एक इन्डोनेसीयन केटी गर्भपतन गर्न आउँदा आफ्नै लोग्नेको नाम रिपोर्ट फायलमा लेख्नु पर्दा जोकोही एक श्रीमतीलाई कस्तो चोट पर्ला ? तर, पनि नर्मा आफ्नै श्रीमान् सरमानले गर्भवती बनाए पनि नानी फाल्न आँट्दा बचाएकी हुन्छिन् । कथाकारले त्यहाँको सत्य घटनालई सटिक रूपले चित्रण गर्नुको साथै एक मानवीय गुण व्यक्त गरिएको पाइन्छ यो कथामा ।
१. पात्रचयन
कथामा पात्रका मनोदशा, पात्र चयन र पात्र नामकरणले पनि धेरै प्रभाव पार्दछ । २० वटै कथामा प्रयोग भएका नामहरू कथामा मेल खाएर रमेका छन् । हरेक पात्रलाई न्यायपूर्ण तरिकाले आ–आफ्नो रोलमा उभ्याइएको छ । सबै समयअनुरूप कथामा उत्रिएका छन् । कतै नाममात्र दिएर ओझेलमा पारिएको छैन । त्यो एक आख्यानकारमा पर्ने कला हो ।
‘म’ पात्र भएर लेखिएको धेरै कथाहरू पाइएकाले कतै लेखिकाले नै भोगेका घटनाहरू उद्दृत गरिएको पो हो कि भन्ने भान पाठकवर्गलाई पर्न जान्छ । जस्तैः रत्नपार्कका अल्झिएको मन, नर्माः अर्थात् कुमारी आमा, बेहुली सपना, यसरी अस्तायो एउटा तारा, हरियो कुर्ता र निश्चय नै ढलेको घर र जलेको सपना आदि हुन् ।
कुनै पनि साहित्यका विधा शब्दमात्र होइन । यसले विगत र वर्तमानलाई मात्र बोकेर हिडेको हुदैन । त्यसले निश्चय नै समाजमा उब्जिएका मानवीय पीडा, अपेक्षा, र मानवीय सम्बन्धहरूलाई अभिव्यक्त गर्न सक्नुपर्छ । नियतिको रूपमा भोगिइएको जीवनलाई समेटेर नयाँ र समाजको विकास सम्भव छ कि छैन भनेर पात्रहरूको संवादद्वारा न्याय गर्न सक्नुपर्छ । जुन यहाँका तमाम कथाहरूमा पाउन सकिन्छ ।
२. वियोगात्मकता :
यहाँ बियोगान्त भन्नेबित्तिकै नकारात्मक तरिकाले हेरिने समालोचकीय दृष्टि छ, बुझाई छ । त्यसो त सकारात्मक कुरामात्र हाम्रो समाजमा घटेका हुन्नन् । समाजका विध्यमान घटनाहरूलाई उतार्नु र त्यसको समाधानलाई पनि परी पूर्ती गर्न सक्नु र सचेतता दिन सक्नु ठूलो देन हो कुनै पनि साहित्यकारको ।
नउघ्रेको जून, बिछोडको पीडा, मालतीको आत्महत्या, बेहुली सपना, सैनिकको जीवन, पश्चतापले जलेको मनजस्ता कथाहरूमा पात्रहरूले आत्महत्या गर्नु अर्थात् लडाइँ र झगडामा कसैबाट मारिन पुगेका छन् । अझैं पनि नेपाली समाजमा नारीप्रतिको स्वतन्त्रतामा जत्तिनै विगुल फुकिए तापनि आन्तरिक मामलाहरू ज्यूँका त्यूँ देखिन्छन् । तमाम कथामा प्रेममा उपस्थित भएर पछि चुँडिएका छन् । तितरबितर भएका छन् । उहाँका पीडा, उत्पीडन, छुवाछूत र अभावमा लेखेको देखिन्छन् । कथा ‘हाङ्मा’मा कान्छा छोराको बाहुुनी बुहारीले छोएको खानु र लिम्बुनी बुहारी हाङ्माले छोएको नखानुले समाजमा अझैँ परिवर्तन नआएको कुरा बडो मार्मिक ढंगले दर्साइएको पाइन्छ ।
३. परिवेशहरू
कथाका परिवेशलाई हेर्दा दुई खण्डमा विभाजित गरेर हेनु पर्ने देखिन्छ ।
(१) डायास्पोरिक पीडाः
जस्तैः हाङ्मा, विछोडको पीडा, ममतविहीन, पश्चतापले जलेको मन, ढलेको घर र जलेको सपना विदेशमा भोगेका कुराहरू उद्धृत छ । समाजमा विद्यमान कथित शक्ति त त्यसको दमन, उत्पीडन, त्यसको उपेक्षा सबै चिर्न सक्नुपर्छ । तर हाम्रो समाज निरपेक्ष छैन, श्रेणीगत विभाजनमा तमाम विभाजित नेपालीको आत्माहरू ज्यूँका त्यूँनै छन् । त्यसैले पनि कथाकार जानु काम्बाङ लिम्बु समाजको यथार्थलाई राम्ररी खोतल्न सक्षम भएको देखिन्छ ।
मुख्यतः विदेशमा गएर भोगिने अथाह दृश्यहरू कथामा सफलताका साथ बाँधिएका छन् । त्यत्तिमात्र हैन, सत्यता लुक्न सक्दैन भनेझैँ ‘ढलेको घर र जलेको सपना’मा आज प्रयोगमा आउने आधुनिक उपकरणहरू चलाउँदा ध्यान नदिँदा घट्ने घटनाको ज्वलल्त उदाहरण यो कथामा समावेश छ । पहिलोपटक यूनाले हंशुको मोबाइलमा आपूmसँङ्ग काम गर्ने सहकर्मी आइमाइबाट ‘आइ लभ यू’ भनेको शब्द देखेबाट उनको जीवनमा छाएको कालो बादल अर्काे एकदिन झन् हंशुले कम्प्युटरमा लगआउट नहँुदा देखिएको कर्तुसबाट युनाले एक्लो बाटो रोजेबाट महसुस हुन्छ ।
(२) ग्रामीण पीडाः
नउघ्रेको जून, नियतिको लिला, हरियो कुर्ता, सैनिकको जीवन, मंसिरे, कथाहरू ग्रामीण जनजीवनमा हुर्किएका कथाहरू हुन् । कथाकारले पहाडी भूभागमा घटित घटनाहरूलाई सटिक तरिकाले आफ्नै रस्ती–बस्तीमा उतार्न सक्नु कथाकारकारको अर्काे सक्षमता हो भन्न सकिन्छ । नियतिको लिलामा माओवादीको आन्दोलनको उपजले अकालमा निमुखा जनताले आहुती दिन परेको पीडा । हरियो कुर्तामा परेको एक प्रभाव र इच्छा । मंसिरेमा गाउँमा हस्पिटल नहुनुको परिणाम आदिले कथाले गला अवरूद्ध हुन्छ । यस्तै, विश्वमा स्थापित साहित्यका हस्तीहरूले पनि समाजमा विद्यमान उत्पीडन र अभावमा मुक्तिका विरोधमा नै कलम चलाएका छन् । जस्तैः पुराना कथाकार जोसेफ रूडयार्ड किप्लिङदेखि आजका जल्दाबल्दा समकालीन बेलायती कथाकार सेर्रा हलले पनि समाजमा देखिएका समस्यालाई इंकित गरेको पाइन्छ । तर, यस्ता कथामात्र नभएर जानुले भविष्यमा मिस्टिरिएस कथाहरू पत्रि पनि अभिरुची देखाए हुन्थ्यो भन्ने आग्रह छ ।
४. भाषाशैली
मातृ भाषाको प्रयोग ःलेखकको लेखनशैली अत्यन्त सरल र गाउँघरको पेरीफेरीका बोलीचाली, लिम्बूवानको चरित्रको घुलमिल भएको पाउनुको साथै उहाँका कथामा आफ्नो मातृभाषा प्रयोग प्रशस्त गरिएको पाइन्छ । जस्तैः आरेरेरे, तुम्बा, चोर्कलम, शुभाङ्गी, कुमाक्लीं, जेठा थेम्मु पोक्से आदि । पात्रको नाममाः हाङ्मा, नुमा, युमा,
नेपालीमा दोष ः भीरलाई भिर, ठानालाई थाना, खर्कलाई खार्का, बेलुकालई बिलुकी, बजुलाई बोजु, छेमालाई छ्यामा आदि ।
अंग्रेजीमाः भाषाको प्रयोग पनि कथामा नभएको हैन तर डायस्पोराका लेखकले हल्का अंग्रेजी शब्द आगन्तुकका रूपमा लिनु सामान्य ठान्नु पर्छ ।
फिङ्गर क्रस नभएर फिङ्गर्स क्रस्ड । स्कोरर्ललाई स्कोर । मेस ब्यारेक, सिग्नल, क्याम्प, कन्ट्रोल, फेमीली क्वार्टर, ट्राइ, हेडक्वाटर, ट्रेनिङ आदि भाषामा केही अशुद्ध देखिएकाले आउँदो संकरणमा सुदृढ भएर आउन । आर.पी (रेजिमेनट पुलीस) जस्ता सर्टफमलाई किताबको अत्यमा अनुुुसूचीमा राख्न सकेको भए सुनमा सुगन्ध हुने थियो ।
सारांशः
२० वटा कथा जम्मा १७४ पेजमा सजिएका कथा पढेर मन नथामिएपछि समीक्षा गर्ने जमर्काै गरे । हुनत, यो नै मेरो पहिलो समीक्षा भने पक्कै हैन नै । मैले माथि गरिएको समीक्षा आजको समीक्षक फम्र्याटमा आधार राखेर गरेको छु । साहित्यकारले आपूmले लेखेका सबै राम्रै लागे पनि पाठकको आँखा र मनले देखिने भाव र बुझाईमा फरक पर्ने गर्दछ ।
मलाई पिरलो लागेको आजको नेपाली साहित्यमा के हो भने समाजमा व्याप्त भष्ट्राचार, विविध शोषण, विविध भेद–विभेद, अन्याय असमानताविरुद्ध अधिकारका लागि सचेत भएर एउटा न्यायपूर्ण जीवनयापनका लागी कस्तो खालको साहित्य सम्भव र प्रभावकारी होला भन्नेमा हो ? यस्ता विषयमा लेखकले पात्रका सुहाइला चरित्रहरू कसरी जन्माउने, कसरी हुर्काउने अनि त्यसलाई परिवर्तन र समाजमा सुखी प्राप्तिका लागि कसरी एउटा फम्र्याट तयार पार्ने ? जस्ता अनगिन्ती प्रश्नले कहिलेकाहीं म मौनतामा अडिन पुग्दछु । आजको नेपाली साहित्य परिपे्रक्ष्यमा लेख्ने प्रवृत्ति धेरै गुणा बढे पनि समीक्षा र समालोचना नगन्य मात्रामा भएका छन् । आज लेखक धेरै छन् समीक्षक थोरै । त्यसैले आजका नयाँ पुस्ताले लेखन र समीक्षालाई पनि एकै साथ लानेछन् भन्नेमा हामी दृढ रहौं ।
लेखकका आउँदा दिनहरूमा मेरा माथि उद्धृध विविध विषयलाई समेटेर अरू गहन कथाहरू लिएर आउने नै छन् भने एक आह्वान पनि हो । समग्र कथाहरू हेर्दा उहाँमा जुन एउटा पोजेटिभ क्षमता देखिएको छ, त्यो झनै माझिँदै जानेछ भन्दै उहाँको आउँदा साहित्यिक यात्रामा अनेकौं शुभकामना दिन चाहन्छु ।