– रमेश पौडेल

समुद्रको किनारमा
अक्टोपससित गुडुल्किने
होईन मेरो घाम
र, त साँझमा
उचाली रहेछु –
उकालीहरु उचाईसम्म !
यात्रा उकालीको
यात्रा उत्साहको
थपिरहेछन उमङ्ग
उकालीका प्रत्येक सिढींहरु
र, म उक्लिरहेछु

बग्दै बग्दै रहरको उकाली !

चिसिदैँछ घाम
पुगेर पर-
पल्लो डाँडामाथि
अहँ ∕ बस्दैन बास
मेरो घाम, समुद्रको किनारमा
ड…ुबाउदैन सारा रहरहरु समुद्रमा
र, त उक्लिरहेछु मौरे !

यात्रा उकालीको
यात्रा उत्साहको
भिन्न लाग्छ यो उकालो
जति चढ्छु पाईतालाभरि
उति जान्छु चुलिँदै
सकेर सिनित्तै सिँढीहरु
बिसाउनुछ तोक्मा
फुकेर गुँरासे पिपिरी
बोलाउनुछ गाउँले कविलाई
र, उदाउनुछ-
मिर्मिरेमै ट्याम्केबाट !
∞∞∞
© रमेश पौडेल
गरिमा – पुस २०६६

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *