– नन्दलाल आचार्य

उधारोमा खाँदाखाँदै खाता बन्द भो
नपरेर पानी पनि छाता बन्द भो ।

उठेकाले थिच्नुहुन्न बल छ भन्दैमा
यस्तो विचार राख्ने हुँदा नाता बन्द भो ।

विदेशीको मनमौजी सहन्न भन्दा
मेरा लागि उसको घरको हाता बन्द भो ।

काम देऊ, माम देऊ ढिकी बन्दिनँ
यसो भन्दा के बिराएँ साता बन्द भो ।

जुत्ताबाट टोपी हुन कोशिस गर्दा
तकाम दिन्छु भनी हिँड्ने दाता बन्द भो

(उदयपुर)

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *