शनिबार, जनवरी २८, LARA
अनेसास युकेको सरस्वती पूजा र कृति परिचर्चा
माघ १४ श्रीपंचमीका दिन अनेसास यूकेले ‘दिल से’ साउथ ह्यारोमा बिध्याकी देवी सरस्वतीको पूजा अर्चनासहित एक साहित्यिक गोष्ठी सम्पन्न गरेको छ / प्रमुख अतिथि नेपाली राजदुताबास लण्डनका मिनिस्टर काउन्सिलर अम्बिका लुइंटेलद्वारा पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएको कार्यक्रममा अनेसास यू के र प्रतिभा प्रतिष्ठान यू के का सरस्वतीका बरदपुत्रहरुका जमघटलाई संस्थाका उपाध्यक्ष डा. रुपक श्रेष्ठले स्वागत गर्नुभयो/ स्वागत मन्तब्यकै क्रममा डा. श्रेष्ठले बरिष्ठ कवि ईश्वर मानन्धर अस्वस्थताका कारण अस्पतालमा रहनु भएकाले वहाँ आफ्ना दुई नवप्रकाशित कृतिहरु ‘म, आकास र ताराहरु’ कबिता संग्रह र ‘ठट्यौली-भाग-२’ को परिचर्चा र अनेसास यू के अन्तर्गत वहांले स्थापना गर्नुभएको पुरस्कारको घोषणा गर्ने कार्यक्रममा सरिक हुन नसक्नु भएको कुरा बताउनुभयो / वहांको दिर्घायू तथा स्वास्थ्यको शिघ्र लाभका लागि पण्डितद्वय नारायण ‘गाउँले’ र दुर्गा पोखरेलद्वारा शक्तिशाली मन्त्र म्रुत्योंजयको उच्चारण सहित प्रार्थना गरिएको थियो /

शशी थापा सुब्बा तथा गोपीकृष्ण प्रसाईंद्वारा संचालित उक्त सभामा प्रमुख अतिथि लुइंटेलज्यू तथा संस्थाका सल्लाहकार खगेन्द्र पाठकले कथाकार लाराको नवप्रकाशित कथा संग्रह ‘पात्रहरुसंग एक साँझ’ र सुमल कुमार गुरुंगको नियात्रा संग्रह ‘युरोप यात्राको अनुभूतिहरु’ को प्रदर्शन गर्नुभयो/ दुवै कृतिकारहरुले आ-आफ्नो कृतिको भूमिका, उद्देश्य र त्यसको प्रकाशनसम्म आईपुग्दासम्मका अनुभूतिहरु बाँड्नुभएपछी गोपीकृष्ण प्रसाईं र विजय हितानले उक्त कृतिहरुमाथि समिक्षात्मक टिप्पणी गर्दै लाराका हंगकंग र बेलायतमा लेखिएका डायस्पोरिक तथा समसामयिक जीवनका कथाहरु उच्च स्तरीय छन् भने सुमलका नियात्रा संग्रह यात्रीको यात्रा टिपोट मात्र नभई ति देशहरुका राजनैतिक, सामाजिक, भौगोलिक र सांस्कृतिक बिषयबस्तुहरुको दस्ताबेज हो जुन आम नेपालीहरुका लागि युरोपको बारेमा सुचनाको भण्डार रहेकोले यी दुवै कृतिहरु अब्बल दर्जाका छन् र यस्ता अमुल्य कृतिहरुले नेपाली बांग्मयलाई गुण लगाउनुहुने श्रष्टाद्वयलाई धन्यबाद दिंदै भविष्यमा अरु धेरै कृतिहरुका लागि शुभकामना दिनुभयो / नियात्राकार गुरुङकी धर्मपत्नी सारा गुरुङ आफुपनि त्यस यात्रा र नियात्राकारको सहयात्री हुनपाएकोमा भगवानलाई आभारप्रति आभार प्रकट गर्दै नियात्रा, नियात्राकार र अनेसासका सम्पूर्ण सदस्यहरुलाई धन्यबाद दिनुभयो / दुवै श्रष्टाहरुलाई अनेसास युके ले खादा र पुष्पगुच्छाले बधाई ज्ञापन गरेको छ /

कार्यक्रममा संस्थाकै कोषाध्यक्ष विकल चन्द्र आचार्यलाई त्रिभुवन बिश्वबिध्यालय शिक्षा संकायमा स्नातकोत्तर तहमा अध्ययनरत डायस्पोरिक साहित्यको दुई जना उत्कृष्ट शोधकर्ता बिध्यार्थीहरुलाई अनेसास यु के को अन्तर्गत रहने गरि प्रत्येक बर्ष रु. ३०,०००/- राशीको पुरस्कारको स्थापना गरि डायस्पोरिक साहित्य र सिंगो नेपाली बांगमयको उत्थानमा गर्नुभएको विशिष्ट सेवाको सह्राहना गर्दै दोसल्ला र सम्मान पत्रले अभिनन्दन गरिएको थियो / आचार्यको सरल र निष्ठाबान व्यक्तित्वको बारेमा संस्थाका सल्लाहकार खगेन्द्र पाठकले प्रकाश पार्नुभएको थियो भने पुरस्कार संस्थापक आचार्यले नेपाली डायस्पोरिक साहित्यको लागि गरेको सानो सहयोगको लागि संस्थाले गरेको सम्मानप्रति आभार प्रकट गर्दै यो एउटा थालनीमात्र भएको र भबिष्यमा यस्ता अरु थुप्रै कामहरु गर्ने यस सम्मानले हौसला मिलेको पनि दर्शाउनुभयो /

कार्यक्रमको दोश्रो सत्रमा बिभिन्न कवि तथा कवियत्रीहरु भगवान चामलिंग, मुकेश राई, कांगमांग नरेश, विजय हितान, दुर्गा पोखरेल, नारायण ‘गाउँले’, गोपीकृष्ण प्रसाईंले आ-आफ्ना रचनाहरु सुनाउनुभएको थियो / कार्यक्रमलाई सभापतित्व प्रदान गर्नुभएकी संस्थाकी उपाध्यक्ष जया राईले कार्यक्रमको सफलताको लागि शुभकामना पठाउनुहुने होम परिवाग (अध्यक्ष), प्रा.गोबिन्द भट्टराई तथा प्रा. सुषमा आचार्य (त्रि बि बि, नेपाल), होमनाथ सुबेदी (अध्यक्ष, बि ओ टि), बिश्वबिमोहन श्रेष्ठ (अध्यक्ष, एपेक नेपाल), अस्मिता भण्डारी (अध्यक्ष, महिला संचार समूह, नेपाल), कृष्ण बजगाईं (अनेसास केन्द्रिय बरिष्ठ उपाध्यक्ष) डा. पोषेन्द्र सत्याल (सल्लाहकार), नेपाली साहित्य बिकास परिषदका हरिसिंग थापा (अध्यक्ष) तथा सुरेश जंग शाह (महासचिव), तथा सन्तराज पाम्फु तथा नेपाली टि भी, युके, युके चौतारीका प्रधान सम्पादक केशव श्रेष्ठ, बाल फोटोकर्मी साकार श्रेष्ठलाई तथा उपस्थित सम्पूर्ण साहित्यकार तथा साहित्यप्रेमीहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो / यसका साथसाथै वहांले बर्षभरिको प्रगति बिबरण सुनाउंदै आगामी कार्यक्रमहरुका लागि सबैलाई अग्रिम निमन्त्रणा दिंदै सभा बिसर्जन गर्नुभयो /

savar from INLS UK Chapter

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *