खाँचो पर्दा म त सधै वर्षा छेक्ने पाली बनेँ,

दोबाटोमा लड्न लाग्दा समाउने डाली बनेँ ।

 

विश्वास गरे माया गरे तिम्ले मात्र फुल्नु भन्दै

तिम्रो दिलको रक्षा गर्ने मै गतिलो माली बनेँ ।

 

पसिनाको धारा बगाई अभावजति पर सार्दा

ओठैभरि मुस्कान भर्ने चहकिलो लाली बनेँ ।

 

मागेजति सबै सुम्पेँ दायित्व हो मेरो सोची

मौका छोपी लुटिगयौ अनि पो म खाली बनेँ ।।

 

भानु सुनुवार

रचनाकाल : ०१ नोभेम्बर २०११

काठमाडौं ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *