ऊ अश्वासनका बिटाहरू बोकाएर
गएको ५ बर्ष भयो
ऊ अझै फर्केन ।
ऊ गाउँलेलाई
बिजुली दिन्छु भन्थ्यो
ऊ गाउँमा बिकास छर्छु भन्थ्यो
तर अझै ऊ फर्केन ।
ऊ गाउँमा छुट्टै स्वास्थ्यचौकी राख्छु भन्थ्यो
ऊ गाउँमा खानेपानी बनाउछु भन्थ्यो
किन हो यतिको दिन बित्ता पनि
ऊ अझै फर्केन।
ऊ चौरमा उभिएर घण्टौघण्टा
निरङ्कुश्ता परास्त भएको
गणतन्त्र ल्याएको
गाउले सामु रट दिन्थ्यो
सम्बिधान लेख्छु भन्थ्यो
अझै ऊ फर्केन ।
कसैले भने-
शहरमा त ट्राफिक हुन्छ
त्यसैले ट्राफिक जाममा पारेर रोकियो
कसैले भने-शहरमा
आलिसन महल हुन्छ उ त्यहि
महल हेरेर भुलियो
कोहि भन्थे-शहरबाटै रातो पासपोर्ट लिएर
ऊ बिदेश गयो
कोहि भन्थे-शहरमा उसले
कन्क्रिटको घर बनायो
अब उसलाई गाउँ आउनै परेन
कारण जे होस्
सत्य हो ऊ अझै फर्केन ।
ती सिधासाधाहरूको कुनै गल्ति थिएन
उनीहरू उसले काम गरोस भन्थे
उनीहरू उनीहरूले चाहेको जस्तो
बिधिको शासन लेखोस् भन्थे
तर उस्ले त कुनै गतिलो काम नै गरेनछ
मात्र भता खाएछ, पजेरो गुडाएछ
कुर्शीको लागि आफू आफूमै लडेर
समय बर्बाद पारेछ ।
अब गाउँलेहरूले
ऊ नफर्कनुको कारण सोध्नेछन
अब जनताहरूले
ऊनीहरूको भाबनामाथी खेलेकोमा प्रतिशोध लिनेछन
उसलाई शहिदका सपनाहरूले सराप्नेछ
बिधवाहरूको खाली सिउदोको पीडाले पोल्नेछ
ऊ थुप्रै अस्वासनका बिटाहरू
गाउँलेलाई बोकाएर गएको ५ बर्ष भयो
अझै ऊ फर्केन ।
अस्तु ।
विवेक दुलाल क्षेत्री
दमक, झापा
हाल : अबुधाबी ।