– पोष्टराज चापागाई
संघर्ष हो साथी !
भेट नहुन पनि सक्छ !!
एकदिन बलियो मिलाएको हात मात्र
सम्झना रहन पनि सक्छ !मेरा रगतका विरूवाहरू उम्रन पनि सक्छन्
मेरा हाडखोरका भालाहरू कसैमाथि गाडिन पनि सक्छन् ।

त्यही रगतले कसैको तिर्खा मेट्ला
त्यही चर्मले कसैको मुटु छोप्ला
तर साथी !
मेरा अँाखा शिथिल भए पनि
क्षितिजपारि तिमीलार्इ देख्ने छन् ।
अस्थिर पञ्जर नै गले पनि
तिम्रो न्यानो स्वास र स्पर्श काफी हुने छ ।
संघर्ष हो साथी !
भेट नहुन पनि सक्छ !!

मेरा दुर्इ पङ्तिहरू कसैले प्रलाप ठान्लान्
कसैले अग्रगामी परेडको साङ्गितिक अालाप ठान्लान्
कसैले चम्किलो बत्तीमा अलिकति तेल ठान्लान्
तर साथी !
त्यही पानीले बत्ती निभाउँछ भने
त्यही पानीले बत्ती बाल्न पनि त सक्छ ।
अावश्यकताको उर्जा न हो !
एकदिन बलियो मिलाएको हात मात्र
सम्झना रहन पनि सक्छ ।
संघर्ष हो साथी !
भेट नहुन पनि सक्छ !!

कीर्तिपुर

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *