संस्कृतिकर्मी राई संग साहित्य समाज ब्रुनाईको भेटघाट
ब्रुनाई, गत २५ मार्च १२, ब्रुनाई भ्रमणमा आउनु भएका संस्कृतिकर्मी दिलेन्द्र राई संग ब्रुनाईमा रहेका स्रष्टाहरुले एक भेटघाट कार्यक्रम सम्पन्न ग¥यो ।

लामो समय देखि साहित्य, संगीत र लोकसंस्कृति संरक्षणमा काम गर्दै आउनु भएका स्रष्टा राईको स्वागतार्थ प्रवासी नेपाली साहित्य समाज, बेलायत, ब्रुनाईले एक औपचारिक भेटघाट कार्यक्रमको आयोजान गरेको हो । पूर्वी नेपालमा लोकप्रिय ख्याली, हाक्पारे जस्ता लोकसंस्कृतिको जगेर्णा गर्न बिशेष योगदान दिनुभएका राईले लाहुर घर आफूले सोचे जस्तो नभई विश्वविद्यालय जस्तो पाएको विचार ब्यक्त गर्नुभयो । ब्रुनाईवासी नेपालीहरुको जीवनस्तर अत्यन्तै उच्च पाएको र अरु धेरै सम्भावना देखेको विचार ब्यक्त गर्नुभयो ।

साहित्य समाजका सदस्य महेश बनेमको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा समाजका अध्यक्ष विश्वासदीप तिगेलाले आभार–पत्र प्रदान गर्नुभएको थियो भने उपाध्यक्ष जितेन्द्र चेम्जोङले खादा ओढाई सम्मान गर्नुभएको थियो । संस्कृतिकर्मी राईको सम्मानार्थ किसन राई, सुरेन्द्र इङनाम, सन्देश नेम्बाङ लगायत उपस्थिती स्रष्टाहरुले आआफ्नो सिर्जना बाचन गरेका थिए । कार्यक्रमलाई महासचिव आनन्द रानोहोछाले आकर्षक ढंगले संचालन गरेका थिए ।

राजु सुब्बा

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *