लेखक जति मंत्री बने सजाउँथ्योकी मेरो देश !
 बेलैमा लेखी संविधान बचाउँथ्योकी मेरो देश !

कविता गीत कथा जस्तै सदभावले भरिपूर्ण 
आदर्श कार्य आफै गरी जगाउँथ्योकी मेरो देश !

चेतनशील मान्छेहरु राष्ट्रनायक बनेदेखि 
गर्वले नतमस्तक् बनि लजाउँथ्योकी मेरो देश !

न्याय मिल्नेथ्यो जनलाई दयामायाले भाग्य कोर्दा 
शौरभ छर्दै पुष्प सरि बसाउँथ्योकी मेरो देश !

तरवारले रेट्ने ठाउँ कलम चल्न थाले पछि 
विश्वमा शान्तिको त्यो ताज लगाउँथ्योकी मेरो देश !

sajna gurung
kushma, parbat
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *