लेखक जति मंत्री बने सजाउँथ्योकी मेरो देश ! बेलैमा लेखी संविधान बचाउँथ्योकी मेरो देश ! कविता गीत कथा जस्तै सदभावले भरिपूर्ण आदर्श कार्य आफै गरी जगाउँथ्योकी मेरो देश ! चेतनशील मान्छेहरु राष्ट्रनायक बनेदेखि गर्वले नतमस्तक् बनि लजाउँथ्योकी मेरो देश ! न्याय मिल्नेथ्यो जनलाई दयामायाले भाग्य कोर्दा शौरभ छर्दै पुष्प सरि बसाउँथ्योकी मेरो देश ! तरवारले रेट्ने ठाउँ कलम चल्न थाले पछि विश्वमा शान्तिको त्यो ताज लगाउँथ्योकी मेरो देश ! sajna gurung kushma, parbat
Please follow and like us: