चारै तिर तिम्रो चर्चा, बिक्छ तिम्रौ नाम यहाँ बजार भाउ बुझ्दा आखिर, उन्कै महँगो दाम यहाँ । मासिक आए राम्रै रैछ उधारो को कारोबार बन्द
त्यति हुदा हुदै पनि तँछाड् मछाड् जाम यहाँ । तिन्को जिउले के पाउला खै एकछिन् बिश्राम गर्न पनि ब्यापार चाहे जे जस्तो होस् राम्रो चाहिन्छ काम यहाँ । बेला मौका समयमा लाग्दो रै छ प्यास सबलाई मेटाउन तिर्खा मनको खुलाकि छन धाम यहाँ ।
रामकृष्ण पौडेल "अनयास"
भरतपुर -13, गजलकुन्ज चितवन
Please follow and like us: