– शालिकराम पन्थ

किन हिड्नु रूवाएर माया आफै गरे पछि ।
के महत्त्व गुलावको फूल सबै झरे पछि ।।
जिउँदो छँदा माया भन्दै धोका दि तड्पाउने
फर्कदैन रोएर त्यो मानव जीवन मरे पछि ।
सँगै मर्ने सँगै बाँच्ने वाचा कसम् खानेहरू
नहेर भो पछि अब आफु खोला तरे पछि ।

माया शब्द नबुझेरै अनायसै हिड्नेहरू
के रहन्छ खेतीपाती माले गोरू चरे पछि ।
अर्को बिहे गर भनि सम्झाउँछन् साथी भा
हिलो मात्र के गर्नु खै? कमल फूल सरे पछि ।
(दिगाम ६, गुल्मी, हाल आबुधावी, यूएई)
Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *