यीनै उपेक्षीत सडकहरुमाथी
मन खुशी बुर्कुशी मार्दै–
कोरी रहेछ समय,
अन्धकार भविष्यको गर्भमा खण्डिकृत भाग्यरेखा ।

यी तिनै सडकहरु,
जहाँ पोखीएका छन्–
पसीना,
टाँसिएका छन् –
मस्तिष्कका चोइटाहरु

लत्पतिएको छ–
रगत ।

सात साल –
समय भञ्याङ्गमा बास बसेका ,
एकझोला सपनाहरु बोकेर
खुशीको क्षेत्रफल नाप्छ सडकको ।
समय –
छ्यालीस र बैसाठ्ठी बनेर
झरेका सपनाका पातहरुमा टेक्दै टेक्दै –
ओर्लन्छन् फेरी सडकमा ।

चट्टयाङ्ग बोकेर हिड्ने आकाश झैं – समय
जड समय,
र पाषण जस्तै समय ।

यीनै समयका एम्बुसहरुमा
विस्फोटीत छन् सडका सपनाहरु ।

यीनै मस्तिष्क हिन समयहरु ,
गणतन्त्रको सपना देखीरहँदा
ओच्छ्याएर मझेरी भरी,सहिदका सपनाहरु
सँगीनको सिरानीमा मुर्छित छ,
विधान हराएको – मेरो देश ।।

– मनु आभास
नाङ्गले भारे–४,काठमाण्डौ

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *