-सजना गुरुङ

पीरव्यथा निको पार्ने बात प्रिय हुन्छ

दुख पर्दा साथ दिने हात प्रिय हुन्छ !

 

सुन्दरतामा मख्ख पर्दै फूल टिप्न खोज्दा

काँडा बन्दै घोचे पछि पात प्रिय हुन्छ !

 

खुशी छर्दै बिहानी त्यो आउनेछ छिट्टै

अर्थ जाने अधेंरी त्यै रात प्रिय हुन्छ !

 

चुन्नु हुन्न मृत्यु कैले मुक्ति भेट्छु भन्दै

लड्दै बाँच्न सिक्यौं भने घात प्रिय हुन्छ !

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *