-रामकृष्ण पौडेल "अनयास"

पराईको सिदुंरले सिउँदो सजाई जाँदा तिमी
कराउदै रुदै हेँरे मुटु जलाई जाँदा तिमि ।

मलाई सेतो कपडाले बेर्दै शंख बज्दा आखिर
खुशि हुन्छौ मेरो लाशमा आगो लगाई जाँदा तिमी ।

कसम खान्थ्यौ नछुट्टिने सँगै मिलि सार्दा पिपल
रुदै बसेँ एक्लै आज वाचा ढलाई जाँदा तिमी ।

तिम्रो शिरको सौभाग्य र मेरो अस्तु दाँज्न लाई
सँगै लैजाउ नौमतिमा बाँजा बजाई जाँदा तिमी ।

गजलकुन्ज, भरतपुर
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *