-रामकृष्ण पौडेल "अनयास"

पोहर साल आएन भाई अहिले लिन पठाउँ आमा
घरमै बसि तिजको दिन कसो गरी कटाउँ आमा ।

रातोसाडी रातोपोते साईलि माईली आँगनीमा
तेरा माईति खोई भन्दा के भनेर बताउँ आमा ।

तिम्रो उमेर भरे भोली दाजुभाई बिदेशतिर
मन बुझाउने ठाउँ पाईन के गरेर खटाउँ आमा ।

दिदी बैनी घरका सबै जम्मा हुदै खाँदा आखिर
अँगेना को छेउमा राखी भन्थे घिउ तताउ आमा ।

गजलकुन्ज, भरतपुर
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *