-नवराज बुढा 'नवीन उदासी' अतितको घाउ कोट्याउँदा तिमीले मन दुख्यो । आफै सम्हालिएर बस्छु भने तर झन् दुख्यो । मैले बोल्ने हरेक शब्दमा सम्बोधन खोज्दैछ्यौ त्यसै तिमीलाई किन खै ! आज मेरो बचन दुख्यो । तिमि त सम्पन्न छौ मायाँको पनि पैसाको पनि तर यो उदासिलाई बिपन्न महलमा धन दुख्यो । बाहिर हेर्दा त हाँसेकै छु पिडा सबै लुकाएर भित्र पनि हाँस्छु भने आफै संग तर तन दुख्यो । एउटा रुंदा अर्को हाँस्ने संसारको रित यस्तै छ विरहमा न्याउली रुंदा मेरो एक्लो पन दुख्यो ।।
Please follow and like us: