– सुरज गुरुङ
यो प्रबासमा सहबास सुन्दा अचम्म लाग्छ
बिरलै त्यो बाध्यतालाइ चुन्दा अचम्म लाग्छ
कोहि पैसा रे कोहि ईज्जत रे हेर्नोस त उफ
सवालमा जवाफको जाल बुन्दा अचम्म लाग्छ
कुनै खुशी छिन त कुनै रोएकी छिन त्यहाँ
कारुणिक रुवाइ मन्मा थुन्दा अचम्म लाग्छ
खै त ति महिला हक हितका सस्था बोलेका
तिन्ले आफै पन्चेखालमा उन्दा अचम्म लाग्छ !
Please follow and like us: