सवाल
-मिथिला प्याकुरेल “मिथ्या”
कहाँ खोज्छौ मलाई तिम्रै आसपासमै छु म
छोएर हेर तिम्रै वरपर बग्दो बतासमा छु म ।
छाम्न सक्छौ, छु तिम्रै दिलमा, हेर आँखा भरी
कहाँ भेट्छौ मलाई, तिमीले फेर्ने हर सासमा छु म ।
जहाँ पुकार्छौ मनले तिमी त्यहीं हुन्छु म
जूनमा छु, तारामा छु, साँच्चै सिङ्गो आकाशमा छु म ।
सुखमा छु, दुःखमा छु, छु तिम्रो हरेक भोगाइमा
आँटोमा छु, पीठोमा छु तिम्रो हरेक गाँसमा छु म ।
वनमा छु, छु उकाली ‘रालीका तिम्रा सुसेलीहरूमा
पहाडमा छु, खोलीमा छु, पलाँस अनि गुराँसमा छु म।
जवाफ
-रामकृष्ण पौडेल “अनयास”
मेरो आँसुलाई सोधि हेर कहाँ खोजिन र मैले
मनलाई तनलाई बतासलाई कहाँ सोधिन र मैले ।
बतासमा बग्ने लाई कहाँ खोजौ दिल भित्र
भेट्छु कतै छौ कि भन्दै सासै रोकिन र मैले ।
साँझमा छु रातमा छु पर्खिएर वनपाखामा
भिरमा फुलिछौ कि भन्दै पहाड रोजिन र मैले ।
जुन आकाश तारा किने तिमि छौ कि भन्दै आज
सिँङ्गो आकाश भित्र खोज्न किन सोचिन र मैले ।
हाँसो खुशि दिन्छौ भने तिम्रो काखमा बाँच्न पाउँ
गास बास जवानिका चाहा जोरीन र मैले ।
गजलकुन्ज, चितवन