रेस्ट रुममा बसिरहेको बेला मञ्जु आईपुगिन् । उनलाई एक्सिडेण्ट एन इमर्जेन्सीमा लानै पर्ने भयो । उनका हात खुट्टा पनि थरथरी काप्दै छन् रे । म र अर्की साथीको सहयोगमा ईमर्जेन्सी शाखामा गएर उनको नाम लेखायौं ।
ल वेटिडं.रुममा बसेर पर्खने,नर्सले तिमीलाई बोलाउने छन्,भनेर रीसेप्सन डेक्स्की स्टाफले भनिन् ।
मञ्जु अलिक जिद्धी छिन्,
“मलाई चाँडो डाक्टरले हेरे हुने म यहिं काम गर्छु । त्यसैले यो युनिफम् पनि नफुकाली आएकी छु,”भन्छिन् ।
तर त्यो उनको भनाई सुन्नेवाला कोही छैन,पालो कुर्न करिव २ घण्टा त पर्छ नै ।
वेटिडं.रुम खाली जस्तै छ,तर पनि तीस पैतिस जना त देखिन्दैछन् नै । तै अरुबेला जस्तो भीड भने चाहिं छैन । पछाडिको सिटमा गएर बस्छौं । हाम्रो सामने फर्केको सिटमा सानी छोरी उनका बा संग छिन् । मञ्जु उनको टाउको समातेर बसेकिछिन् । उनको त्यो विजोग हेर्दा,म आफैंले उनको आधा विमार बोक्ने थें जस्तै लाग्छ मिल्ने भए ।
ती सानी नानी उनका बा को वरीपरी,घरी सीटमा घरी भूँईमा उफ्रिरहन्छिन् । जब जब तिनी उफ्रिन्छिन्,तब तब उनले लगाएको जुत्ता,पैतालामा पिली पिली राता,नीला बत्ती बल्छन् ।
उनीले त्यो बत्ती बालेर मलाई अनौंपचारिक रुपमा मेरो ध्यान आकर्षण गरिरहन्छिन् । मैले उनी तिर ध्यान नदिए जस्तो गरिरहेछु । उनी अझ जोड् जोड्ले उनका पिलपिले जुत्ता बाल्दै उफ्रन थालिन् । मैले नहेरि हुदै भएन । अन्तमा मैले उनको पिलपिले जुत्ता अचम्ममाने जस्तै गरि हेरिदिएं ।
उनले विस्तारै मलाई संकेत गरिन्,
यी यहां पनि बल्छ, उनले जुत्ताको अगाडिको भाग देखाइन् ।
मैले अझ अचम्म माने झैं गरेर हेर्दै सोध्छु ए,हो र ?
के तिमीले क्रिष्टमस प्रेजेण्टस पाएको हो त्यो जुत्ता ?
होइन,मैले त सानो सेतो हात्ती पाएको छु,कृष्टमस प्रेजेण्टस त !
तिम्रो नाम के हो ?
ईमिली हो !
उनी म नजिकै आएर सोधिन,
तपाई यहां किन आउनु भएको ?
म ? मेरी साथी,उनको नाम मञ्जु हो । उनी विमारीछन्,उनको टाउको अति नै दुखेर उनलाई जँचाउन आएकी नि ।
यो बेला मञ्जुले अलिक ताजा आँखाले ईमिलीलाई हेर्छिन् ।
ईमिली तिमी चैं किन आएकी नि ? सोधें ।
उनको लामो कैलो पोनीटेल हल्लाउदै,अगाडि छोपिएको आँखा र कान को कपाल हटाउँदै,कान देखाउदै भनिन्,मेरो यहाँ दुखेको छ ।
मैले उनको कान हेरें,
दाहिने कानको टप लगाउने दुलोमा घाऊ भएको रहेछ, सुकेर पाप्प्रा बसेको छ ।
मेरी अर्की साथीले उनको बालाई भनिन्,बच्चाको लागि त ईमर्जेन्सि शाखा छुट्टै भित्र उता जानु पर्छ । यहाँ पर्खने होइन ।
तर उनका बाले भने,खोइत हामीलाई यहीं पर्खनु भनेको छ ।
ईमिलीले त्यो छोटो संबादलाई ध्यानले सुन्दैछिन् ।
प्रश्न गरिन,तपाईलाई कसरी थाहा भो बच्चाको भित्र जानु पर्छ भनेर ?
मेरी साथीले भनिन् हामी यहीं काम गर्छौं नि त । उनको जीज्ञासा पूरा भयो ।
उनी उनको बाको कोटको गाजीबाट होइन अलि पर कुनामा अडिरहेको भेण्डिड. मेसिनबाट क्वाइन् छिराएर चकलेटबार लिएर आइन्,
र प्वाक्क प्वाक्क खान थालिन् ।
म ठट्टा गर्छु । तिम्रो चकलेट अलिकती मलाई पनि देऊ न है ईमिली !
उनी उनको बा को काखमा छिन् । काखबाट फुत्रुक्क ओर्लेर आएर,चक्लेटबार प्याट भाँचेर देबे्र पट्टीको सानो टुक्रा म तिर अगाडि बढाइन् ।
हाँस्दै भने, धन्यवाद तिमी संग ठट्टा गरेको मात्रै हो ईमिली, त्यो चक्लेट तिमी नै खाऊ ।
त्यो चक्लेट भन्दा मीठो उनको मुस्कान,बालसुलभता, मित्रता र निश्चलता छ । त्यो टुक्रा उनले आफ्नै मुखमा प्वाक्क हालिन् ।
तिम्रो घरमा तिम्रो सानो भाइ छ, ईमिली ? सोध्छु ।
म भन्दा ठूला दुईजना दाजुहरु छन्,भन्दै उनका साना साना खुट्टा बजार्दै पिल्पिले जुत्ताको चटक फेरी देखाउदैछिन उनी मलाई् । उनको त्यो चटक हेरिहेछु । म उनको त्यो खेलको एकलो दर्शक अरु आफ् नै धुनमा छन् ।
त्यै बेला भित्र जानको लागि पर ढोकाबाट मञ्जुको नाम बोलाईयो । हामी दुबैजना जराक जुरुक उठेर भित्र हिड्न तयार भयौं ।
ईमिली आत्तिदै,तपाईहरु कहां जान लाग्नु भा हो ? उनमा भएको म प्रतिको मित्रता र माया उनले सजिलै पोखिन् ।
ईमिली ! हामी जंचाएर फर्किन्छौं,बस्तै गर है हाम्रो पालो आयो भित्र जाने । भनेर मञ्जुलाई लगेर भित्र गएं ।
भित्र गएर मञ्जुले नर्ससंग उनको समस्या बताईन्,दुईटा ट्याब्लेटस् खान दिएर डाक्टरलाई भेट्न अर्को घण्टा कुर्न पर्ने भयो । हामी करीव आठ मिनट भन्दा अगाडि नै भित्रबाट बाहिर निस्कियौं ।
मेरी सानी साथी ईमिली यो बेला उनका बाको काखमा चुपो लागेर बसिराकी छिन् । हामी बसेको पल्लो सिटमा करिव २८,२९ बर्षको गोरो जवान मानिस सेतो टावलले टाउको बेरेर बसेको छ । उस्ले कालो ज्याकेट लगाको छ । नियालेर हेरें टावल रगतले लतपत्तिएको रहेछ । अगाडि निधार र कंचटमा काटिएको चोटहरु , रगत आएर रोकिएको आलो घाउ ।
त्यो घाउ र रगतको डरले ईमिली उनको बाको काखमा बसेर उनको साना हातले मुख विस्तारै छोपेर उता संकेत गर्छिन् मलाई ।
मैले पनि विस्तारै संकेत गर्छु, उता नहेर । त्यै बेला मञ्जुले,डेञ्जर,भनेर सुन्ने गरि भनिन् ।
उनी अझ डराएकी छिन् ।
मैले सोधे, कति वर्ष कि भयौं ईमिली ? उनको मनलाई अन्तै मोड्न ।
उनका साना साना हातका अांैंला देखाएर भनिन् पाँच र हाफ् अब चाँडै नै जनवरी १६मा छ बर्ष हुन्छु ।
मैले उनलाई भन,े ए,तिमी त ठूली भैछेऊ नि त,भन्दा लाजले मुख छोप्दै हाँसिन् ।
उनको र मेरो विचको घनिष्ठताको दूरी नजिकीसकेको छ ।
नीलो जीन्स ट्राउजर,नीलै टप्समा पिडंकीबुट्टा छ,पिड.क ज्याकेट ।
गोरी कैैलो लामो कपाल,बानेको पोनी टेल । पिडं.की पिल्पिले जुत्ता लगाएकी । बारवी डल जस्तै राम्री छिन् ईमिली ।
मिलनसार,फराइसिली ईमिली घरी उनको बाको काखमा,घरी उनको पिलपीले जुत्ताको खेल देखाउँदै मलाई मोहोनी लगाई रहिन् ।
किन हो,उनका बा को काखमा मौन भएर दाहिने हातको बूढीऔंला च्ुस्तै गर्दा मैले सोधें,
ईमिली तिम्रो त्यो औंला मीठो छ हो ? मलाई पनि एक पटक देउन । उनी मज्जाले हाँसिन् ।
उनले बाको काख बाटै देखाउदै,दाहिने हातको बूढी औंला मात्रै अरु औंला होइन ।
मैले मेरो बूढी आंैला चाटें,मीठो छैन,संकेत गरें उनी झन् मरी मरी खित्का छोडर हाँस्छिन् ।
उनका बाले अब चाहिं थाहा पाए,आंैला नचुस इमिली,भने ।
मोबाइल फोनको गेम खेलिरहे छन् । उनी फेरी उनको गेम खेल्न थाले ।
ईमिली र मेरो धेरै सांकेतिक भाषामा कुरा भै रहे,धेरै बेर भयो । लाग्छ हामी धेरै पुराना हितैषी हौं ।
अहिले उनको पिलपिले जुत्ताको खेल सकिएको छ । नजिकै बसेको अर्को विमारीको आलो घाउले उनको चूलबूल ह्यो,उनको बा को काखमै सिमित गरिदियो । मलाई उनको त्यो मौनता पनि मन परे कै छ,तर त्यो मौन ईमिली भन्दा पनि चुलवुले ईमिली नै पृय थियो मेरो ।
अचानक पर ढोकाबाट,ईमिली रोविनसन्,भनेर बोलाउँदा गेम खेलिरहेको उनको बा र बाको काखमा खेलिरहेकी ईमिली अचानक जुरुक्क उठेर क्षण भर मै उता कुदिहाले ।
विदाईको औपचारिकता निभाउनै पाइन । उनी गइन् उनको बा संग, मलाई माया लगाएर वढी त मलाई छाडेर ।
तै पनि म,मन मनै भन्छु,बाई ईमिली बाई । अब तिम्रो चञ्चल्ता कहां देखुं कहां भेटुं हँ ! तिम्रो दुखेको कान चाँडै निकोहोस् है,मेरी सानी साथी ! तिम्रो छ वर्षको जन्मदिन पनि राम्ररी मनाऊ है।
३१ डिसेम्बर ०७
साभार:
गरिमा ऋसार २०६७ नारी विशेषांकमा प्रकाशित