DSC00256

खेमराज गाउँले÷रोल्पा, वैशाख २० ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको तेस्रो साधारणसभा विहीबार लिबाङमा सम्पन्न भयो । प्रगतिशील लेखक संघ नेपाल केन्द्रीय सदस्य गौरीकिरण डाँगीको प्रमुख अतित्थ्यामा सम्पन्न साधारणसभामा कोषाध्यक्ष मोहन सहयात्री परियारले १ लाख २७ हजार ८ सय ५१  वार्षिक आयव्य प्रस्तुत गरेका थिए भने २ लाख ४० हजार ८ सय ४० वराबरको प्रस्तावित आयव्यय प्रस्तुत गरेका थिए ।
त्यस्तै साधारणसभाले नियमित कार्यक्रमहरुलाई निरन्तरता दिदै अक्षयकोष स्थापनाका लागि पहल, स्रष्टा सम्मान, साहित्यिक वनभोज जस्ता प्रस्तावित कार्यक्रमहरु समेत पारित गरेको छ । जिल्ला शाखा अध्यक्ष डी. बी. टुहुरोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हरिप्रसाद घर्तीमगर, सीता शर्मा, भगवती बुढामगर, गीता निर्दोषी, धनराज विक अविरल, मानसिंह विक लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रममा शान्त विक निर्माेही, शक्ति पौडेल, केवी विरही, कूल अवशेष लगायतले आ–आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन सहसचिव खेमराज गाउँलेले गरेका थिए ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *