होम सुवेदी
आज हडतालको दिन भएकोले केदारजी आफ्नो विद्यालय हिंडेरै गइरहेका
थिए । उनैलाई छोला जस्तो गरेर एक मोटरसाइकल उनका छेउबाटै अघि गयो । उनका
जिउमा चिसो हावासम्म लाग्यो चिसो पस्यो । मोटरसाइकल चालकले एक हातले ह्यान्डल
समातेको र अर्काे हातले मोबाइल समातेर कसैसँग कुरा गरिरहेको उनले स्पष्टै देखे
। ‘कस्तो जमाना आयो, कमसे कम हेलमेट ता लगाउनु पर्छ !’ उनले त्यस चालकलाई
देखेर मनमनै सोचे । त्यहींनिर बाटोमा निकै ठुलो खाल्टो थियो । ‘नगरपालिका
भन्नु मात्र छ, केही काम गर्ने होइनन्, कुन बेला के हुने हो सबैतिर खाल्टै खाल्टा
छन् !’ भन्ने सोच्तासोच्तै त्यसै खाल्टोमा त्यो मोटरसाइकलको जाकियो । यो
दृश्य उनका आँखाले स्पष्ट देखे, अप्रत्याशित रुपमा क्षणका क्षणमै उनको अघि एक
भयानक दुर्घटना भयो । मोटर साइकल उछिटियो परतिर अनि चालक पिचमा पछारियो ।
हेलमेट लगाएको भए ता सायद बाँचिहाल्थ्यो कि, त्यो पनि त्यस बहादुरले लगाउने
ठानेनछ क्यारे । अनि यात्राको क्रममा मोबाइलमा कुरा नगरेको भए पनि सायद यो
घटना हुन्नथ्यो कि ! उनले फेरि सोचे ।
केदारजी सबै भन्दा नजिकको प्रत्यक्षदर्शी थिए, अरु बटुवा पनि एक दुई
गर्दै त्यहाँ जमा भए । सबै थोक उछिट्टिने क्रममा चालकको मोबाइल भने केदारजीको
खुट्टानिर उछिटिएर आइपुगेको रहेछ । मोबाइल अन नै निधारमा घाउ लागेछ, धन्न
यो मर्ने मान्छेको आँखा चाहिं बचेछ भनेजस्तै मोबाइल भने केही भएनछ । अनि
मोबाइल उठाएर कानतिर लगेर सुने— एक नारीको आवाज थियो मोबाइलमा । आवाजमा
कुरा थिए— “मोटर साइकल ता चलाएर गइरहनु भएको छ, मलाई थाहा छ तर हेलमेट
लगाउनु भएको छ कि छैन ? खै किन नबोल्नु भएको ? हेलमेट लगाउनु भएको छ कि छैन
?”
यो सुनेर केदारजीलाई खपिनसक्नु भो । अनि के गर्ने भनेर सोच्तै
नसोची उनले त्यो मोबाइल त्यही लथपथ भइररहेको सडकमा लडिरहेको लाछका काननिरै
राखिदिए र भिडबाट बाहिरिए ।
जयmकगखभमष्