किन धेरै रुन्छु म, उनैलाई सोध किन पागल हुन्छु म, उनैलाई सोध भो उजेलो चाईदैन, अधेरो नै ठिक छ किन अधेरो चुन्छु म, उनैलाई सोध उन्लाई सम्झीएर, राती एकान्तमा किन मुख थुन्छु म, उनैलाई सोध भिजेको सिरानी, आफ्नो साथी बनाई कस्को फोटो छुन्छु म, उनैलाई सोध टाढा बाट कसैले, बोलाए झै लाग्छ कस्को आवाज सुन्छु म, उनैलाई सोध किन धेरै रुन्छु म, उनैलाई सोध
|
Please follow and like us: