-मञ्जुल मिथोच
गहु गोरी राम्री हुनु,काली नहुनु
मनको कुरा नभन्ने,जाली नहुनु
एउटा कुरा भन्छु म,तिमीलाई नै
तिमी मेरै पत्नी हुनु,साली नहुनु
लक्ष्य सधै उचाईमा,छ माथितिर
तिमी अझै तलको, ओराली नहुनु
दिल चोऱ्यौ तिमीले नै,सुटुक्कै मेरो
तिमी यति धेरै, दिलवाली नहुनु ?
Please follow and like us: