By: देबेन्द्र बस्याल न मलाई बद्धनामी नेता बन्नु छ नत मलाई भ्रष्टचारीको पगरी गुथ्नु छ केवल मलाई जीवन कटाउनु छ साथी, आजकल म रक्सी पिउँछु झुटको खेती गरेर जीवन धान्नु छैन मलाई नत चापलुसी र चाकडी गरेर जीउनु छ मलाई न म विश्वास पात्र बन्नै चाहान्छु नत म षड्यन्त्रमा सामेल हुनै चाहान्छु साथी, आचकल म केवल रक्सी पिउछु छेकेर छेकिन्न बैमानीको धन्दा खुल्ने छ एकदिन बद्धमासीको पर्दा देखियो तिम्रा नाटक र नौटङकी देखायौ यहाँ कपटीको चौचकी साथी आजकलम म रक्सी पिउछु तिमिले बाटो विर्षे पनि उकालीमा खुट्टा लरखराएपनि खुर्सानी बीना भतेर अड्किन्न यस्तालाई नेता मान्न पनि सकिन्न साथी आजकल म रक्सी पिउछु थाहा छ मलाई तिमिले धोका दियौ तिमि त आफ्नै थैलो भर्न तिर पो लाग्यौ तिम्रो, आषा र भरोषा छैन अब मलाई डट्नु छ आफै यहाँ जनसत्ता ल्याउनलाई साथी आजकल म रक्सी पिउछु साथी, अब मैले रक्सी छोड्नु पर्छ आँखा खेलेर सर्वत्र हेर्नु पर्छ बैमानीको पर्दा च्यातेर चापलुसी र चाकडीलाई चिनेर नयाँ जनवादी क्रान्तिको बाटो खोल्नु पर्छ । ++++++++++++++++ second poem
तालमा नाच्दै जाने हो कविता-देवेन्द्र बस्याल साथी हो ! मादलको तालमा नाच्दैजाने हो मादल कुन सुरतालमा बज्छ मादलको सुरताल चिनेर ढीलो ढीलो छिट्छिटो नाच्दै जाने हो । मादलको तालमा हातहरू नचाउदै चरैतिर फैलाउदै खुट्टा पनि मादलकै तालमा संगसगै चाल्दै नाच्दै जाने हो नाच, ताल सूरलाई चिनेर ठूलो ठाउँ लिएर दर्शकलाई आकर्षित गर्दै अगाडी बढ्दै मुसुक्क हाँस्दै उही तालमा नाच्दै जानेहो । नाच, एक कला हो सुरतालको भरमा कहिले हँसाउदै कहिले रूवाउँदै दर्शकको मन जितेर साथी हो ! मादलको तालमा नाच्दै जाने हो
Please follow and like us: