प्रिय भानु
बिशाल वृक्ष बनेको छ
आज
त्यो विज
जो तिमीले छरी गएका थियौ
हर मन, मस्तिष्कमा
सरल नेपाली भाषा

तिम्रै भाषिक सौन्दर्यको रसमा रमाउँदै
आज हामी बलियोगरी ुहामीु बनेका छौं
एकै लयको भावनामा बाँधिएर
एकै भाषाको आकाशमुनि उभिएर
गाइरहेका छौं नेपाली गीत
सगरमाथाको गीत
पूर्व पश्चिमको गीत
उत्तर दक्षिणको गीत
हिमाल, पहाड, तराइको गीत
डाँफे, मयुरको गीत
विश्वलाई सुनाइरहेका छौं
बुद्ध अनि सीताको गीत

प्रिय भानु
आज पनि घाम उस्तैगरी उदाउँछ
तिम्रो तनहुँ डाँडामाथि
जून उसैगरी मुस्कुराउँछ
चुँदी रम्घा फेदीसम्मै
बस तिम्रा प्रेरणाका घाँसीहरु जस्तै
घाँस काट्दैनन् आजका आधुनिक घाँसीहरु

उत्तरआधुनिकताको फेर समाएर समय
सभ्यताको आँगनमा टुप्लुक्क झुल्किएदेखि
हलो, कोदालो गर्ने हातहरु
अचेल व्यस्त छन् स्क्रिन टचमा
भाव अभिव्यक्तिका निम्ति घन्टौं खर्चिनु पर्दैन
त्यो जमानामा जसरी
मान्छेका हर इमोसन्सहरुलाई त ती स्याना स्याना आइकनहरु प्रतिनिधित्व गर्छन्
भानु
तिमी छक्क नपर्नु , अचम्मित नहुनु
ठिक यतिबेला समय
पोस्ट मोर्डनिजमको सीमानामा चाकाचुली खेलिरहेको छ
प्राविधिक हातोहरु अस्तव्यस्त छन्
केहि ग्राम मगज दरफर्ययेर ठेट्ना बनाउँन
कुनै महँगो आइप्याड कम्प्युटरको फाइल तकिया लगाएर
सिस्टमको खुड्किलाहरुमा मुस्कुराइरहेछन्
तिम्रा संस्कृत श्लोकहरु।।।

प्रिय भानु
तिम्रा रामायणका राम सीता र रावण
यो डिजिटल युगको कुनै आकर्षित एपभित्र
संसारको सबभन्दा सुविधायुक्त जहाजमा
विश्व भ्रमण गरिरहेछन्
उ पर हेर त १
हामीलाई केही थोपा पानी झैं मात्र ठान्ने
प्रसान्त महासागरको किनारै किनार
लेटेस्ट भर्जनको आईफोन बोकेर
यतै आईरहेका छन्
समयको नव आयाम ।। ।

सुनिता राई कन्दङ्वा
आठराई तेह्रथुम

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Works at Owner/publisher नारीदर्पण and Freelancer and Tel Aviv - Israel Past: Freelancer and Laxmi pratisthan Studied at Padmakanya College Lives in Tel Aviv, Israel http://www.naridarpan.com

Leave a Reply:

Your email address will not be published. Required fields are marked *