दुइ श्लोक

भाषा संस्कृतको रचेर रचना चम्क्यौ र तारा बनी
लेख्छन् सर्जकले,सदैव कविता यी भानुको जीवनी
सारा जीवन काव्यमा छ उनको साहित्यमा उन्नति
तिम्रा यी गुणगान गाउछु सदा नै काव्यमा छन् कति।।

घाँसीबाट लिएर ज्ञान उनले कैंयौं रचे सिर्जना
मैले काव्यकथा रची बसिरहें यी भानुको सम्झना
छन् यी जीवित भानु नै हरघडी नेपालको माझमा।
हाम्रो माझ सदा बसे भुवनमा नै भानु छन् साथमा।।।
……………………..
तिन मुक्तकहरु

मलाई भक्तिमा थोरै र कर्ममा ज्यादा बिश्वास लाग्छ
देखावटी हैन मान्छेको मर्ममा ज्यादा बिश्वास लाग्छ
थाहा छ पत्थर पुज्नु भनेको केवल आस्था मात्रै हो
फूलको हत्या होइन मानव धर्ममा ज्यादा विश्वास लाग्छ।


यात्रामा कति उकालो आउँछ कति ओरालो आउँछ
चोटहरूले नै मान्छे लाई झनझन मजबुत बनाउँछ
आँशु झर्नकै लागी बनेका हुन् यो धुर्वसत्य कुरा हो
ऐनाले पनि हरेक मान्छेको अतित लाई सम्झाउँछ१

कु प्रथा र कुरीतिलाई समाजबाट हटाउनु छ
निष्पक्ष र स्वतन्त्र हक जनतालाई दिलाउनु छ
आउ जुटौं आजैबाट भेदभाव रहित् समाज बनाउँ
नमुना स्वरूप बनाएर देशलाई माथि उठाउनु छ १

सावित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड न पा (१
उपाध्यक्ष बिनेसाम विश्व केन्द्रिय समिति

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Sabitra Luitel Ghimire is a poet and recently she is Secretary of बिनेसाम .

Leave a Reply:

Your email address will not be published. Required fields are marked *