भानु-जयन्ती विशेष

Mohanraj Khanal (Myanmar)

नेपाली र गोर्खा जहाँ जहाँ छन्
तहाँ तहाँ भानु बसाइँ सरे
रामायण बोकेरै हिँडे
भक्तमाला काखीमा च्याँपेरै हिँडे
बधूशिक्षा समेत बोकेर हिँडे
बसाइँ हिँडे भानु
हिमाली मन विश्व गोर्खामा पुऱ्याए
नेपाली पन विश्व मैदानमा पुऱ्याए
हिमाल रित्त्याएरै हिँडे
त्यसैले नेताका बुद्धि भत्किए
शिक्षा मिल्क्याएरै हिँडे
त्यसैले देशमा अशान्तको भाँड(भैलो
दीक्षा सिद्ध्याएरै हिँडे
त्यसैले अमानवताको फाँट जम्ने
कहिले काले कहिले गोरे
फालाफाल छ सांसदीय नियम
हानाहान छ प्रतिभाका गुणहरू
च्याताच्यात छ विकासका पानाहरू
छाँटाछाँट छ इतिहासका पलहरू
काटाकाट छ मानवताका पदहरू
अघोरी मायावी सैतान राखिदिएरै गए
रामायण बोकेरै हिँडे
भक्तमाला काखीमा च्याँपेरै हिंडे
बसाइँ सरे भानु ।
बर्मा पुऱ्याए अनि रसिया
ब्रिटेन पुऱ्याए अनि अमेरिका
जापान पुऱ्याए अनि अफगानिस्तान
दुबई पुऱ्याए अनि युरोप
कोरिया पुऱ्याए अनि भारत
श्रीलंका अनि ताईवान
चाइना अनि थाईल्याण्ड
कैयौं प्रवासमा बसाइँ सरे भानु
नेपाली र गोर्खा जहाँ छ
तहाँ तहाँ भानु बसाइँ सरे ।
तनहुँका मात्र हैनन् भानु
विश्व आँगनमा विचरने भानु
नेपाल र नेपाली बीचका मात्र हैनन् भानु
विश्व गोर्खा र नेपाली मनका भानु
जहाँ भाषा साहित्यको उज्यालो छ
तहाँ भानुले ठाउँ ओगटिसकेको छ
तहाँ रामायणले ठाउँ लिइसकेको छ
भक्तमाला र बधूशिक्षाले पाइला टेकिसकेको छ
तहाँ तहाँ भानु बसाइँ सरे
नेपाली र गोर्खा जहाँ छ
रामायण बोकेरै हिँडे
भक्तमाला काखीमा च्याँपेरै हिँडे
बसाइँ सरे भानु ।
नेपाली मन मनका भानु
गोर्खाली जन जनका भानु
रामायण बोकेरै हिँडे
भक्तमाला काखीमा च्याँपेरै हिँडे
बसाइँ सरे भानु ।

२०७६ आषाढ २९ गते भानु(जयन्ती स्मृति

मोहनराज बर्मेली राज 

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *