संस्मरण
कृष्णप्रकाश श्रेष्ठ
आजभन्दा ठीक ५८ वर्षअघि १५ जना नेपाली युवायुवतीहरूको एक दलले काठमाडौंको र्गाचर विमानस्थलबाट पटना, लखनौं, बनारस र आग्रा हुँदै दिल्ली पुगेर भारतस्थित सोभियत राजदूतावासको तर्पmबाट ‘आएरोप्mलोट’ को हवाई टिकट प्राप्त ग¥योे । अनि ताशकन्दमा एक रात बिताई सन् १९६० को १३ जनवरीका दिन मास्को विमानस्थलमा अवतरित भयो । सोभियत सरकारको छात्रवृत्तिमा नेपाल सरकारले चयन गरी उच्चशिक्षा हासिल गर्न भनी पठाएको त्यसै विद्यार्थीदलमा म पनि समावेश थिएँ ।
हुन त हाम्रो जेटविमान दिल्लीबाट ताशकन्द पुगेकै दिन एक घण्टाको विश्रामपश्चात् मास्कोको लागि फेरि आकाशमा उडेको थियो । तर किन हो कुन्नि ? दुई घण्टाजतिको उडानपश्चात् फेरि ताशकन्द हवाईअड्डामै उत्रेपछि हामीलाई खाना ख्वाउन भव्य रेष्टुराँमा लगियो । ठूलो हलको बीचमा मोसम, सुन्तला, केरा, स्याउ, कागती आदि फलपूmलद्वारा खचाखच भरिएको भव्य टेबुल सजाएर राखिएको थियो । हामीले आ–आफ्नो स्थान ग्रहण गरेपछि एउटै किसिमको पोशाक लगाएका परिचारिकाहरूले विभिन्न परिकारहरू हाम्रो सामुन्ने राख्न ल्याए । सर्वप्रथम ठूलो रिकापीमा रातो–न–रातो रङ्गको सुप राखियो । त्यसमा एक त नेपालीहरूका लागि अभक्ष वस्तु हुन सक्ने सम्भावनाले गर्दा र अर्कोतिर चम्चा चलाउने अभ्यास पनि नहुँदा सुप जस्ताको तस्तै रह्यो । हामीलाई लक्ष गर्दै परिचारिकाहरू सम्भवतः रूसी भाषामा केही भन्दथे, तर हामीले नजाने गाउँको बाटो नै नसोध्नु भन्ने उखानलाई चरितार्थ गर्दै त्यो सुपमा के छ भन्ने जानकारी लिन पनि खोजेनौं । सुप भन्ने परिकार नै हाम्रो निम्ति नौलो वस्तु थियो । त्यसपछि पनि प्लेटमा मासुको टुक्रासहित अर्को परिकार ल्याएर हाम्रो सामु राखिदिए । त्यो त झन् हाम्रो आशंकाको स्पष्ट परिणामभैंm लाग्यो र कसैले पनि छोएन । अनि कागती हालेको चिया र बिस्कुटहरू राखिएका काँचका अग्ला रिकापीहरू आइपुगे । त्यो खाद्यपदार्थ हाम्रो लागि सबभन्दा मनमोहक र स्वादिष्ट थियो र चियासँग बिस्कुट खाएर पेटको पूजा ग¥यौं । अगिल्तिर टेबुलमा खचाखच सजाएर राखिएका सुन्तला, मोसम, कागती, केरा, स्याउ, अङ्गूर आदि रसिला फलपूmल टुलुटुलु हेरेर राल चुहे तापनि त्यसलाई टिपेर खाने साहस हामीमा थिएन । त्यो खानलाई नभई सजाउनका लागि पो राखिएको हो कि, के थाहा ? बिस्कुट र चियाले पेट भरेपछि हामी आ–आफ्नो ठाउँबाट उठ्यौं । एक तमासको गन्धले मलाई सताइरहेको थियो । तसर्थ मैले सुन्तलाको एक दाना देखाउँदै एकजना परिचारिकासँग ‘लिन सक्छु ?’ भनेर अनुमति मागें । उसले मुसुक्क मुस्कुराएर सुन्तला मेरो हातमा थमाइदिई र सुकेको घाँटी रसिलो पार्ने सम्भावना पाएँ…
ताशकन्द भन्ने उज्बेकिस्तानको सम्भवतः एक उच्चस्तरीय होटलमा एक रात बिताएपछि हामी भोलिपल्ट फेरि हवाईअड्डातिर लगियौं । ताशकन्दबाट उडेको हाम्रो जेटविमान दिउँसोतिर मास्को विमानस्थलमा उत्रियो । मास्को हिउँले ढाकिएर सेताम्य थियो । टहटह घाम लागिरहेको भए तापनि हवाईजहाजबाट उत्रनेबित्तिकै निकै जाडोको अनुभव भयो । कसैले टाउकोमा गलबन्दी बेह«यौं, कसैले मुख मात्र खुला रहने गरी बाँदरटोपी लगायौं, कसैले सिरक र डसनासहितको गुण्टाबाट सिरक झिकेर ओढ्यौं । यसरी हाम्रो दल रमाउँदै मास्को हवाईअड्डाको भवनभित्र पुग्यो । हामीलाई न रूसी भाषाको ज्ञान थियो, न त हाम्रो चालढाल देखेर कर्के नजरले हेरिरहेका अन्य यात्रुहरू र रूसीहरूले के ठानेका होलान् भन्ने नै हेक्का थियो ।
मास्को हवाईअड्डाको भवनमा एकजना रूसी गाइडको साथमा त्यतिखेर सोभियत संघको राजधानीमा अध्ययनरत १७ जना नेपाली विद्यार्थीहरूको नेतृत्व गर्ने आनन्दबहादुर थापा, हरिमान श्रेष्ठ, हर्षमान श्रेष्ठ र दिव्येश्वरी श्रेष्ठको स्वागतसत्कारको भागी बनिहाल्यौं । अघिल्लो दिन नै मास्को पुग्नुपर्ने हाम्रो हवाईजहाज मास्कोमा हिमआँधी चलेकोले त्यस दिन ताशकन्दबाट दुईघण्टा आकाशमा उडेर फेरि ताशकन्दमै उत्रेको रहेछ भन्ने पनि थाहा पायौं । यसबारे पनि हामीलाई उनीहरूले नै अवगत गराए । हामी मास्को उत्रेको दिन पनि बिहान मौसम उति राम्रो नभएको हुँदा दिउँसो अर्कै विमानस्थलमा उतारिएको रहेछ । अहिले विचार गर्दा सम्भवतः हामीलाई भ्नुकोभो विमानस्थलको सट्टा शेरेमेत्येभो विमानस्थलमा उतारिएको थियो क्यार । यसको उल्टो पनि भएको हुनु सम्भव छ ।
हवाईअड्डामै ठाडो भलाकुसारी र चिनापर्चीपश्चात् हामी सबैलाई पूर्वव्यवस्थित बसमा चढाइयो । मैले नाम मात्रले चिनेका हर्षमान श्रेष्ठलाई उनका बुवाबाट मेरै हातमा पठाइएको पत्र बुझाइदिएँ । मेरो सम्झनामा दिव्येश्वरीको त्यतिखेरको निकै सुन्दर मुखाकृति र कानमा लगाइराखेको सुनको रिङ्ग आकारको यारलिङको झिनो सम्झना बाँकी रहेको छ । उनले कानमा गोलो चक्काजस्तो र्यािर्लङ्ग लगाइराख्ने र हाम्रो नवागन्तुक विद्यार्थीदललाई सर्वप्रथम मास्कोमा भेट्ने एक मात्र नेपाली युवती हुँदा पनि सम्झना दिगो रहेको होला । त्यतिखेर मास्कोमा उनी नै एकजना नेपाली युवती अध्ययन गर्दै थिइन् भने हाम्रो दलमा वीणा राणा, चन्द्रा बज्राचार्य, झुनु रिसाल र तारा श्रेष्ठ गरी चारजना छात्राहरू थिए ।
हाम्रो बस मास्कोका हिमाच्छादित सडकहरूमा गुड्न थालेपछि हामीलाई भेट्न आएका रूसी महानुभावले अंग्रेजीमा रूसको राजधानीको बयान गर्दै भ्mयालबाटै मास्कोका केही दर्शनीय स्थानहरूको दृश्यावलोकन गराएका थिए । त्यतिखेर उनले भनेका कुराहरूको अहिले हेक्का नरहे तापनि मास्कोको केन्दीय सडक गोर्की स्ट्रिट (हाल त्वेस्र्काया) को नाम लिएको चाहिं सम्झना छ । यसरी हाम्रो बस भर्खरै मात्र बनि तयार भएको त्यतिखेरको एक विशाल होटल ‘अस्तान्किनो’ को आँगनमा टक्क रोकियो । हामीले आफ्ना झिटीमिटी झिक्न नपाउँदै होटलकै ढोकेपालेहरूले हाम्रो सामान ओसारेर लगे र हाम्रो लागि ठिक्क पारेर राखिएका कोठाहरूमा हामी दाखिल भयौं । ‘साँझ, बिहान र दिउँसोको खाना होटलको रेष्टुराँमा खाने व्यवस्था मिलाइएको छ । जे चाहिन्छ अडर गरेर खानुहोला । पैंसा तिर्नुपर्दैन ’ – हामीलाई साथ दिने रूसी गाइड यति भनेर बिदाबारी भइहाल्यो ।
त्यसै दिन साँझपख हामी होटलको रेष्टुराँमा खान गयौं । टेबुलमा लहरै बसेर सित्तैमा खान पाइने चीजहरूमध्ये के–के खाने भन्ने सल्लाह गर्दै थियौं । हरेक टेबुलमा रूसी र अंग्रेजी भाषामा परिकारहरूको नामसहितको मेन्यू राखिएको थियो । सबैको सल्लाहले माछा मगाउने निधो भयो । दिल्लीमै र बाटोमा समेत हामीले रूसी भाषाका अक्षरहरूको थोरबहुत ज्ञान प्राप्त गरिसकेका थियौं । कतिपय रूसी अक्षरहरू अंग्रेजीकै समान थिए तर केही अक्षरहरू उल्टो पाराको आकृतिका देखिन्थे । ‘ऐना अगाडि राख्ने हो भने अंग्रेजी अक्षर नै रूसी अक्षर बन्दा रहेछन्…’ भनेर हामी ख्यालठट्टा पनि गर्दै थियौं । खास गरी गोविन्दराज भट्ट हामीहरूमध्ये वाक्पटु देखिन्थे र उनैले खानाको अडर गर्ने जिम्मा लिए । परिचारिकाहरूलाई हातको औंलाले खानेकुराको नाम लेखिराकेको ठाउँमा संकेत गर्दा पनि काम चल्न सक्तथ्यो । तर उनी रूसी अक्षरको आफ्नो प्रथम ज्ञानको प्रदर्शन गर्ने मौका किन चुक्दथे र ? उनले सबैलाई देखाउँदै मौखिक अडर फर्माए ः ‘पीबा !’
माछाको मीठो स्वाद सम्झेर हामी घरको सम्झना गर्दै गफियौं । केही बेरपछि पेयपदार्थका बोलतहरू पनि आइपुगे । हाम्रो टेबुलअगाडि विभिन्न आकार–प्रकारका काँचका गिलास, सामान्य गिलास, रिकापी, नेपकिन, काँटा, चम्चा आदि सामगीहरू सजाएर राखिएकै थिए । हामीले आ–आफ्नो बोतलबाट गिलासमा पेयपदार्थ हाल्यौं र पिउने जमर्को ग¥यौ । ‘छ्या ! कस्तो तीतो !’ – युवतीहरूको तर्पmबाट प्रतिक्रिया आयो । हामीले पनि आ–आफ्ना गिलास ओंठमा पु¥यायौं र पेयपदार्थको स्वाद चाख्न थाल्यौं । वास्तवमा नै त्यो अलिअलि तीतो नै थियो । ‘रूसको पानी नै यस्तो तीतो हुन्छ होला !’ – कसैले टिप्पणी ग¥यो । ‘यो माछासंग पिउने पानी हो क्यारे !’ – अर्कोले स्पष्ट पा¥यो । तर निकै बेर कुर्दा पनि माछाको परिकार आइपुगेन । अन्त्यमा इशाराले परिचारिकालाई बोलायौं र सोधपूछ गर्न थाल्यौ ः ‘पीबा ?’ उसले बोतलहरूतिर औल्याएर जवाफ दिई । हामीहरू अकमक्क परेको देखेर उसले नै मेन्यू हातमा लिई र पेयपदार्थको सूचीमा ‘पीवा’ अर्थात् ‘बियर’ लेखिराखेको ठाउँतिर संकेत गरी । हामी झसङ्ग भयौ. । माछा मागेको त बियर पो परेछ । हामीले पनि माछा लेखेको ठाउँमा उसको ध्यान आकषर््िात गरेर देखायौ । उसले हाँस्तै भनी ‘रीबा’ । अनि ऊ हाँस्तै नयाँ अडर लिएर दगुर्दै गई । हामीले अंग्रेजीमा ‘पी’ अक्षर त रूसी भाषामा ‘र’ हुँदो रहेछ भन्ने शिक्षा पायौ.। अन्त्यमा हामीले मास्कोमा माछाको स्वाद पनि चाख्न पायौं ।
यसरी एक–एक गरी मास्कोको रेष्टुराँमा विभिन्न परिकारहरु छानी छानी सित्तैमा खाँदै दिन बित्दै गए । हाम्रो समूहमा रामप्रसाद मानन्धर र गणेशबहादुर माली एम.एस्सी. गरिसकेका व्यक्तिहरू थिए भने म चाहिं पटना विक्वविद्यालयबाट बी.एं डिग्री प्राप्त गर्ने अन्तिम नेपालीहरूमध्येको एक थिएँ । प्रमाणपत्र तह पास गरेकाहरूमध्ये राजेन्द्रबहादुर अधिकारी, बुद्धिप्रकाश शाह, उमेश झा, गोविन्दराज भट्ट, सागरबहादुर थापा, सीताराम सिंह आदि । हामीहरू दिनभरि एक दोस्राको कोठामा गई गफसफ गर्दै सहजै दिन बिताउँथ्यौ । बिहान उठेपछि नास्ता, दिउँसोको खाना र साँझको खाना अडर गरी संगसंगै खान्थ्यौं रेष्टुराँमा । कांग्रेस नेता गणेशमान सिंहले भाषण गर्दा कम्युनिष्टहरूको आलोचना गर्दै ‘दाल, भात, तरकारी, अरु सब सरकारी’ भनेको यही नै हो कि भन्ने पनि मलाई लाग्न थालिसकेको थियो । सित्तैमा रोजी रोजी खान पाइन्छ भने अरु के चाहियो र ? हामी १५ जना नेपाली युवा–युवतीहरू होटलमा दिन बिताउँदै कम्युनिष्ट देशमा साम्यवादको लक्षलाई मजाले उपभोग गरिरहेका थियौं । जाडोले गर्दा बाहिर निस्कने आँट भएन । कोठा, बरण्डा र रेष्टुराँ गर्दै र स्वयंशिक्षकको रूपमा रूसी अक्षरहरू सिक्तै ओस्तान्किनो होटलमा हामीले दुई हप्ता जति बस्नुप¥यो ।
हाम्रो पढाइ त गएको सेप्टेम्बर १ तारिख नै आरम्भ भइसक्नु पर्ने रहेछ, किनभने रूसमा त्यसै दिन देशभरि स्कूलदेखि विश्वविद्यालयसम्मको पढाइ सुरु हुन्छ । तर किन हो कुन्नि साढे तीन महिनापछि मात्र हामी निकै विलम्बका साथ मास्को आइपुगेका रहेछौं । नेपालमा भर्खरै प्रथम नवविर्नाचित प्रजातान्त्रिक सरकारले काम गर्न थालेको हुनाले हामीलाई मास्को पठाउन बिलम्ब भएको हुँदो हो भन्ने अहिले अनुमान लगाउन सकिन्छ । तर त्यतिखेर हामीलाई केही अत्तोपत्तो नै थिएन । हामीलाई रूसी भाषा कहाँ पढाउने भन्ने बन्दोबस्त मिलाउन नै सोभियत संघको शिक्षा मन्त्रालयलाई त्यतिका दिन लागेछ । अन्त्यमा हामीलाई एक दिन बसमा चढाइयो र छोटकरीमा ‘मादी’ भनिने मास्को सडकनिर्माण संस्थानअन्तर्गतको रूसी भाषा पढाउने तैयारी विभागमा पढ्ने व्यवस्थासहित छात्रावासहरू रहेको स्थान सोकोलमा पु¥याइयो.र त्यहाँ पनि अन्यत्र छात्राावासमा ठाउँ नभएकाले होला छात्राहरू बस्ने छात्रावासमा हाम्रो बस्ने व्यवस्था मिलाइयो…
कृष्णप्रकाश श्रेष्ठ
शोणितपुर, चुनिखेल, काठमाडौं
हाल ः मास्को, रूस महासंघ ।
रूस लेखक संघको सदस्य,
विश्व नेपाली साहित्य महासंघको केन्द्रीय सल्लाहकार
Please follow and like us: