–रवीन्द्र तिमसेना
सुशीलाले दीपेन्द्रलाई मायाजालमा र कालोधन्दा गर्ने काममा एकैचोटि फसाई । जन्मदाताले इमान्दारिताको पाठ सिकाए पनि दीपेन्द्रले सुशीलालाई मायाका खातिर त्यो धन्दामा सहयोग ग¥यो । सुशीलाले पनि दीपेन्द्रलाई चाहिएको ठाउँमा प्रयोग गरी । उसको सहयोगले व्यापार दिनमा दुईगुना र रातमा चारगुना फस्टाउँदै गएपछि सुशीलाले व्यापार विस्तार गरी । मनभरिको माया गरेकाले सुशीलाका प्रत्येक सफलताहरूमा खुसी हुन्थ्यो ऊ ।

एक दिन प्रहरीले उद्योगमा छापा मा¥यो । प्रमाणसहित सुशीला र दीपेन्द्र पक्राउ परे । सुशीला धरौटीमा रिहा भई तर दीपेन्द्र जेलमा सड्न थाल्यो । आपूm रिहा भए पनि उसलाई जेलबाट छुटाउन सुशीलाले कुनै कदम चालिन । सुशीलाले आर्थिक लाभहानि हिसाब गरेर आपूmलाई मुक्त नगराएको र अन्यत्रै सम्बन्ध बढाएको थाहा पाएपछि दीपेन्द्र छाँगाबाट खसेझैँ भयो । सुशीलाले मञ्चन गरेको मायाको नाटक त्यहीँ नै अन्त्य भयो ।

जेल जीवन सकिएपछि दीपेन्द्र घर फक्र्यो तर उसको माया भने बन्दी भयो … सदा सदाका लागि ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

लेखक डेढ दशकअघिदेखि आख्यान साहित्य लेखनमा क्रियाशील छन् । उनको ‘आवरण’ लघुकथा सङ्ग्रह–२०७६ प्रकाशित छ ।

Leave a Reply:

Your email address will not be published. Required fields are marked *