–रवीन्द्र तिमसेना
स्लाइनको नली नाडीमा जोडिसकेपछि रामकृष्णले नर्सको मुखतिर हेरेर लजाई–लजाई मुख फो¥यो, “एक्स्क्युज मि सिस्टर, यो स्लाइन देखिने गरी एउटा फोटो खिचिदिनुस् न ।” फोटो खिचिसकेपछि रामकृष्णको हातमा मोबाइल थमाएर ती नर्स सिकिस्त बिरामीतिर हतारिँदै लागिन् ।
‘आइन्स्टाइन हस्पिटल, बेड नम्बर ३७’, नर्सले खिचिदिएको फोटोसहित उसले बेडमै बसेर स्टाटस पोस्ट ग¥यो ।
स्टाटस पोस्ट भएको करिब आधा घण्टैमा चिलिमे कान्छो हर्लिक्स बोकेर आयो र ठिङ्ग उभिइरह्यो । बिरामीको नजर हर्लिक्समा परेको निश्चित भएपछि हर्लिक्सलाई बेडसाइड टेबलमा राखेर ऊ रामकृष्णसँग एकछिन गफियो र सेल्फीका लागि अनुरोध ग¥यो । सकी नसकी हाँसेझैं गरेर रामकृष्णले पोज दियो । चिलिमे कान्छोले हस्पिटलको पार्किङमा पुगेर ‘गेट वेल सुन’ लेखेर अघिको सेल्फी पोस्ट ग¥यो ।
पहिलो लाइक बिरामी स्वयंले गरेको त्यो पोस्टमा थुप्रै शुभेच्छुकले शीघ्र स्वास्थ्यलाभको कामना गरे । चिलिमे कान्छो हस्पिटलबाट निस्केको आधा घण्टापछि रामकृष्णकी प्रेमिका जुस र फलपूmल बोकेर हस्याङफस्याङ गर्दै बेड नम्बर ३७ मा पुगी । बेडमा कोही नदेखेपछि आत्तिँदै सोधपुछ शाखामा गएर उसले सोधी, “बेड नम्बर ३७ को बिरामी खोइ ?”
सोधपुछ शाखाकी केटीले कपाल सम्याउँदै भनी, “एक्चुयल्ली, उहाँ इनर्जी लो भयो भनेर आउनुभएको थियो, हामीले स्लाइनमार्फत ग्लुकोज पानी चढायौँ, इन्स्युरेन्स क्लेम गर्न भन्दै उहाँ त जान मान्नुभएकै थिएन, ठिक भइसकेको बिरामीका लागि बेड होल्ड गरेर राख्ने कुरा भएन, हामीले त पठाइदियौँ ।”