–कोइँचबु काःतिच
सन्दर्भ १
केही वर्ष अगाडि शायद स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा गोरखापत्र नयाँ नेपालकर्मीहरुका लागि पत्रकारिता प्रशिक्षणमा हुनुपर्छ, प्राज्ञ अमर तुम्याहाङले भन्नु भा’थ्यो, ‘घोडालाई टप लगाए जस्तो एकहोरो लाग्नुहुँदैन हौ । अलिकति यताउता पनि सोच्नुपर्छ ।’
साँच्चिकै घोडालाई टप लगाए जस्तै भइयो । मेरो व्यक्तिगत जीवन नै शून्य जस्तै भएछ ।
सन्दर्भ २
‘ताप्लेजुङ जानुपर्ने भयो भिनाजु कहिले आउने ?’ फोनमा सिरहा गोलबजार सुनुवार गाउँबाट राजेश हेतामको सोधनी हुन्छ ।
‘१ गते सामिबु पिदार तथा येले थोचे ५०७९ को उपलक्ष्यमा साँस्कृतिक कार्यक्रम छ । त्यसपछि २ गते झरुँला नि ।’ जवाफ फर्काउँछु ।
कुराकानी सकिन्छ ।
सन्दर्भ ३
अर्को फोन आउँछ जीवन सुनुवार किरातको, ‘२ गते दोल्खा लचा माल्तावु । ३, ४ नु ५ गते चेने–त्रिशुले, जिम्जाप नु फाचेमि एफपिक आ गेरापेन्मा होइश्शो ।’
‘ल २ गते पूर्व लाइनुङ । गो दा माराइनुङ, याअÞचा न ।’
‘ला मार पाचा माइ ?’ फोन कट्छ ।
सन्दर्भ ४
उता अर्को फोन आएको र’छ उपाध्यक्ष किरण मुखियाको मिस कल । किन होला ? मनमनै सोच्छु । र, फर्काउँछु–
‘हेल्लो, अँ मैले किन फोन गरेको भने यहाँ पाँचथरको साथीहरुले मुक्दुम निकाल्दै हुनुहुँदोरहेछ । अनि मैले रोकेको छु । उत्तम काःतिचसँग भेटेर मात्रै निकाल्नुहोस् भनेको छु । उ पनि काठमाडौं आउँछ । त्यतै भेट्नु प¥यो ।’ मैले केही नबोल्दै इतिवृतान्त आउँछ ।
‘ल, राम्रो कुरा नि । किन रोक्नुभएको ? मुक्दुम निकालेको त राम्रो हो नि ।’
‘काँ त्यसो भनेर हुन्छ ? मुक्दुम जस्तो कुरा जे पायो त्यही गरेर भो । त्याँ तपाइले हेरेर भन्दिनु प¥यो ।’ कति न मैले सबै जानेको जस्तो विश्वास छ साथीहरुमा ।
‘ल ल म २ गते पूर्व नै आउँदै छु । उतै भेटेर कुरा गरौंला नि ।’
‘ए हो ? ल आउनुस् है । उतै कुरा गरौंला ।’
फोन कट्यो ।
सन्दर्भ ५
पुस २१ गते टुँडीखेलमा शाँदार पिदार छ । हाँसाल ताम्साल त हुने नै भयो । त्यहीँ जानकारी पाएँ सुनुवार सेवा समाज जिरी नगर समिति अध्यक्ष राजेन्द्र सुनुवारबाट, ‘मुल दायु माराइब देँतिनि ने । अमृत नु किरण दयु लाइबा दुम्तासे । २ गते चेने, ३ गते जिम्जाप, मिना ५ गते फाचेमि गेरापेन्मा पाइँसिब दुम्ता ।’
खास कुरा चिँ खिम्ती २ जलविद्युत उद्योगले आदिवासी जनजातिहरुको लागि के कस्तो व्यवस्था गरेको छ ? र कस्तो सुचना पस्केको छ ? र, आदिवासी जनजातिको भूमिमा आदिवासी जनजातिलाई असर पर्ने गरी सञ्चालित ठूला ठूला उद्योगहरुले के गर्नुपर्छ अनि हाम्रो अधिकारहरु के के छन् भन्ने सुनुवार सेवा समाजले सञ्चालन गरेको फाचेको एफपिक सम्बन्धि सचेतना कार्यक्रमले केही असर गरेको हुँदा थप विस्तृत जानकारीको लागि जिरी नगरपालिकामा पनि एफपिक कार्यक्रम कसरी गर्ने सल्लाह भएको थियो, शुरुमा जीवन र राजेन्द्रसँग सुनुवार सेवा समाजको कार्यालयमा । त्यतिबेला मैले जिरी नगरपालिकामा सुनुवार सेवा समाज गठन नभएको हुँदा पहिला संगठन बनाएर त्यही संगठन मार्फत मात्रै आइ एल ओ १६९ र एफपिकको वारेमा सचेतना कार्यक्रम सञ्चालन गरौं । व्यक्तिगत गरिएको कामले खासै मान्यता पाउँदैन । हामी संस्थागत हुनुपर्छ । त्यसको लागि एउटा विकल्प भनेको एफपिक सचेतना कार्यक्रमसँग सुनुवार सेवा समाज वडा, नगर समिति गठन गर्न सकिन्छ भनेर सुझाएको थिएँ ।
सन्दर्भ ६
‘मुल २ गते गाअÞतेक लोः दुम्ता एकेला । गो चिँ २९ गतेन गाअÞनुङ । राजेन्द्र, समीर, अमृतपुकि चिँ २ गते पिचा । गो एर लाशा लोः नेल्लि गार्पानुङ ।’ मेसेज आयो फेरि जिवन सुनुवार किरातको ।
‘गोदा मराइनुङ शाँ ।’
‘ल दोपाङाना यो लाचा माल्बा । मालाथु मादुम्बा नि । गार्पाइच्चा ।’
‘काःले लोः पाइनु ।’
कुराकानी सकियो । यसो भनुम मेसेन्जरमा सवालजवाफ नै भएन ।
उता सिरहाबाट फोन आयो, ‘कहिले आउने हो ? यता राजेशले त पूर्व जाऔं भनेको ४ गते विहे पनि खानुपर्ने भन्दै छ त ।’
के निहुँ पाउँ, कनिका बोकाउँ मैले पनि त्यस्तै मौका खोजेको थेँ । मौका छोपीहालेँ–
ए त्यसो भने ४ गते विहे खानु भन्नु नि त । म पाँच गते आउँछु । छ गते पूर्व जाउँला । म यता दोलखा जान्छु । जीवनले नगाइ हुँदैन भनेको छ ।
‘काले डिंगरेले निहुँ पाइ हालेको ! किनु जानु ? जानु पर्दैन । अरु जाँदा हुँदैन ? के के लछारपाटो लगाउँने जस्तो ।’ रिसको पारोले १०० नाघेउ ।
नभन्दै साह्रै गाह्रो मानेर २ गते पूर्व पैतो सार्ने कुरा ६ गतेमा स¥यो । र, मैले दोलखा २ दिनको लागि जाने निधो गरेँ ।
सन्दर्भ ७
२७ गते किरात सम्बत् येले थोचेको उपलक्ष्यमा चार किरात संस्थाको साझा संयोजनकारी संस्था किरात समन्वय समितिको अध्यक्षता तीनवर्षको लागि सुनुवार सेवा समाजको टाउकोमा आएको हुँदा काठमाडौं उपत्यकामा भएका किरात जन्य संस्थाका जिल्ला, नगर, प्रदेशका पदाधिकारी र किरात अग्रज वुद्धिजीवीहरुसँग शुभकामना आदानप्रदान तथा जानकारीमुलक अन्तरक्रिया भयो । त्यो दिन त्यत्तिकै वित्यो ।
२८ गते सुकच समाजको महाधिवेशन भएको हुँदा म, शोभा र पाम भने टेलिभिजन कार्याक्रमको लागि बाइट लिँदै थियौं माथि छतमा । अध्यक्ष र उपाध्यक्ष कुरा गर्नुहुँदै रहेछ सुसेस कार्यालयमा दोलखा को को जाने ? कसरी जाने ? भन्ने विषयमा । म जोस्सा पसेँ ।
‘एँ जाअ्ता’, अध्यक्ष रणवीर सुनुवारले भन्नु भो ।
‘अँ कुरा के भो भने दोलखा को को जाने भन्ने कुरा भो । मैले चाहिँ अध्यक्षलाई पनि जाऔं भनेको । महासचिव जाने हुनु भो । इलामबाट किरण आउने भो । अब संगठन पनि गर्नुपर्ने भो ।’ उपाध्यक्ष अमृतबहादुर सुनुवारको प्रस्ताव ।
‘किन सबै जाने ? यो संस्थागत काम होइन । जीवन र राजेन्द्रले व्यक्तिगत कुरा गरेका हुन् । अब संगठन बनेपछि भने सबै जाने नि । अहिले त त्यही एफपिक सचेतना न हो ।’ मैले झट्टै बोली हालेँ उपाध्यक्षले खस भाषामा कुरा गरेपछि खस भाषामै । हाम्रा आदिवासी जनजाति नेता भनौदाहरु विरोध भने खस भाषाको गर्छन् तर मातृभाषा भने कसैले बोल्दैनन् । अर्थात् बोल्न जाँगर छैन ।
…………………………………………………………….
म अर्थात् मलाई आजकाल परिवर्तन देख्छन् साथीहरु । र, म त्यस्तो परिवर्तन भएको छु भन्ने लाग्दैन । घरमा गाली खान्छु, सधैं ‘अरुकै लागि हिड्नु है । काम दाम केही छैन लखर लखर हिडेको छ । आफ्नो बारे सोच्नुपर्दैन ।’
क्रमश :