–रवीन्द्र तिमसेना
विगतमा पदीय जिम्मेवारीमा रहँदा आफ्नै कुलका मान्छेको माग सम्बोधन नगरेको र व्यक्तिगत स्वार्थमा रुमलिएको लगायतका तमाम आरोप लगाउँदै उसले माइलाबाको सम्भावित नियुक्तिको कडा विरोध ग¥यो । उनलाई नियुक्त हुन नदिन उसले थुप्रै तिकडम अपनायो र आफ्नै माइलाबाविरुद्ध गैरगोत्रीयसँग साँठगाँठ पनि ग¥यो । उसको नेतृत्वमा अप्रत्यक्ष रूपमा माइलाबाविरोधी अभियान चलाइयो र माइलाबाको छवि धमिल्याउने प्रयास पनि भयो । माइलाबामाथि उनकै भतिज यति धेरै खनिएको देखेर विरोधीहरू हौसिएका थिए । माइलाबा समर्थकहरू भने उसलाई कुलद्रोही भन्दै हकार्दै थिए । माइलाबाले भने यो सब थाहा पाएर पनि नपाएभैंm गरे ।
माइलाबाले आर्जन गरेको शक्ति र विश्वासका अगाडि उसको सारा प्रयास बालुवामा पानी हाले जसरी बिलायो । भित्रभित्र खिचडी जति पाके पनि अन्ततः माइलाबाको नियुक्ति भएरै छाड्यो र अब उनले बोलेको चल्नेवाला थियो । यो कुरा बुझेका मानिसहरू माइलाबालाई बधाई दिएर शक्तिको उपासना गर्न उनको निवासमा लामबद्ध भए । माइलाबालाई बधाई दिन आएकाहरूको लाइन तगारोसम्म पुगिसक्दासम्म घर जोडिएको ऊ भने बरन्डामा घाम ताप्दै मोबाइल चलाउँदै बस्यो ।
बधाई दिनेहरूको लाइन घटिसकेकै थिएन, सामाजिक सञ्जालमा उसको एउटा स्टाटस पोस्ट भयो – “हाम्रो कुलका गौरव, सधैं अरूको भलो चिताउने, सबैका सुखदुःखका साथी, आदरणीय समाजसेवी, हाम्रा श्रद्धेय माइलाबाको नियुक्तिले हाम्रो कुलको गरिमा बढेको छ । माइलाबाका हरेक पाइलामा सफलता मिलोस् । परमपुजनीय माइलाबालाई हार्दिक बधाई ।” शक्तिको उपासना गर्ने परम्परालाई उसले डिजिटलाइज्ड ग¥यो र फुरुङ्ग भयो ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *