बारूद गोला अनि बम बोकेर
शान्ति आउदैछ ठम ठम बोकेर
बिदेश गयो छोरो पैसा कमाउन
फर्किन्छ रित्तै हात दम बोकेर
आमाको रोगले बाटो हेरिरहेछ
आउछ छोरो भन्दै मलम बोकेर
प्रियाको आसु हरेक पल बग्दैछ
संगै जुनी काट्ने कसम बोकेर
हे देश कति बाच्छस् निर्जीव झै
बितेको ईतिहासको अहम बोकेर
भुवन रोका ूमित्रजीू
खोटाङ, नेपाल
हालस् टोकियो, जापान
Please follow and like us: