के के भन्छन् मलाई रु भनी रहुन बाल भएन ।
दिन बित्यो महिना पनि राम्रो कुनै साल भएन ।

हेपिन सम्म हेपिएकी छु बारम्बार गरीबिले
न्याय दिने यहाँ सरकारको कुनै चाल भएन ।

मिचिन्छन सिमना हरेक बर्ष छिमेकी बाट नै
ढली रहन्छन जंगे पिल्लर तर पर्खाल भएन ।

सिमनामै बसेर मैले पनि प्रेम गरेकी थिए
तर् लुटिए बचाउने कसैको सवाल भएन ।

बहादुर गोर्खालिको उपमा कायमै राख्न लाई
साथमा गतिलो तरवार भएन ढाल भएन ।

लाल बहादुर थापा बगाले क्षेत्री लालू

(उहाँ विश्व नेपाली साहित्य महासंघका केन्द्रिय सदस्य हुनुहुन्छ । )
दमक ( ३ झापा

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *