– रिमा साईराम (सापकोटा)
बोलाउँदा तिमीलाई बात लाग्छ कि त?
नशालु ति हेराईको मात लाग्छ कि त?
देखेपछि तिमीलाई कुरा खेल्दा मन्मा
सुनाईहालौ भने पनि घात लाग्छ कि त?
मायालुको ईशारामा तिमी मुस्काउँदा
सोची हाल्छु मन मनै साथ लाग्छ कि त?
तिम्ले हेर्दा उता बाट हेर्छु मैले पनि
भाग्य बस मायाको नै खात लाग्छ कि त?
Please follow and like us: