– हरि मानन्धर ‘विवश’

विहानीको उदाउँदो सूर्यको लालिमा
अबोध बालिकाको निस्वार्थ हाँसो
कुनै वास्नादार चिया
बटुवाहरूले भनेका कुनै अपरिचित झलक
कुनै वितेका अनुभवहरू
जिवनमा प्रयोग गरिएका
सर्वाधिक विचार
न्दर्ताका कल्पनाहरू हुन्
जस्ले मला अस्थिर बनाउँछ ।

सुन्दर बस्त्र
सागर किनारा
महान चित्रकारको चित्रकला
जो इन्द्रियतित छन्
जसला
छुन/ चाख्न/देख्न सक्छु
तर अनुभव गर्न सक्दिन
र त
हरेक समय/दिन,
दिव्य सन्दर्यताले मला घेरिरहेको हुन्छ

तिक बस्तुको सुन्दरतासँगै
मेरो मानसपटलमा
यिनै प्रायोगिक
उच्चतम् विचार
जस्ला रचना गर्दा
इन्द्रियहरूको परिधि भन्दा बाहिर राखेर
फोक्कट दोष लगाउन नसकिने
वास्तविक प्रसन्नतावोधी
अदृश्य/अमूर्त
वास्तविक सन्दर्यता खोज्दैछु

१. ध्वानि/सँगीत
यदि म भौतिकवादी नभएको भए
सम्भवतः सँगीत बनेर स्वरलहरीमा
दिवा सपना देख्नेहरूको मस्तिष्क भित्र
जिन्दगीको सरगम बनेर
मनोरञ्जनको उच्चतम माध्यम ध्वनिहरूले
संगीतमा अनुप्राणित हुन सक्थेँ ।

२. मौन/निस्तब्धता
एकाग्रबासको मौनता छिचोलेर
अनायासै बसुरे आवाजहरूले
मेरो मस्तिष्कमा कोलाहल मच्चाउँछ
अनि यस्ता कर्कश ध्वनिहरूले
निस्तव्धता टुटाएर
भित्री मानसिकतामा नै बोझ दिने
अशान्ति फैलाउने
अनावस्यकीय साधना बन्छ
म त्यतिबेला
पिन ड्रप सालेन्स सम्झेर
सालेन्स इज गोल्डेन चहान्छु ।

३. गन्ध/सुगन्ध
बर्षात पछि फूलहरूबाट फैलिएको सुगन्ध
भीडभाडमा कसैको शरीरबाट निस्केको परफ्यूमको वास्ना
रात्रीकालमा पारिजातको रूखमुनि फैलिएको वास्ना
अगर बत्ति वा हवन गर्दाको धूपको गन्ध
यस्ता महत्वपूर्ण पलहरू
जो स्मरणमा गिड्गिडावत स्मृति जगाउँदै
थुप्रै अवस्मरणीय क्षणहरू
नविर्सदै स्मरण गराउछ,
सुगन्धित डियो या परफ्यूम
पाउडर वा वास्नादार तेलहरू
अनुपयुक्त/अत्यधिक प्रयोग अरूचिकर लागेपनि
जीवन सुगन्धदेखि रिक्त हुनै जान्दैन ।

४. सन्तुष्टि/तृप्ति
अन्तरात्माको उपस्थितिमा
महत्वाकाँक्षीहरूको उर्जनशील सपना
शान्तिको उच्चतम मार्गदर्शनबाट बुद्धत्व प्राप्ति
जरूरती क्षणहरूमा सहयोग
चैतन्यताका बक्रकुण्डिय परिपूर्णता
त्याग वा तपस्याबाट मिल्ने प्राप्ति
दैनिक कार्यबाट प्राप्त सन्तुष्टि
टुक्रा टुक्रा शान्तिहरूबाट मिल्ने तृप्ति
अनि,
आत्मिक सन्तोषबाट
वास्तविक सन्टुष्टि आर्जित हुन्छ ।

५. प्रेम/सदभाव
सँसारमा सबैभन्दा सुन्दर
अमूल्य अनि अविनासी प्रेम
जीवनला सततः गतिमान राख्न
मानवियताको सहारा
निस्वार्थ भावनाबाट सिञ्चित आचारणमा
विश्वासका थुप्रै बिचारहरूला
वास्तविक सुन्दरतामा देखिने प्रेम
आन्तरिक सम्वेदनाबाट निकालिएको भावना
निर्जिव वा सजीव दुबै बीच
सम्मान गरिएको सदभाव
बस्तुहरूमा भन्दा बिचारहरूमा देखिने
जीवनको सुन्दरता नै वास्तविक प्रेम हो ।
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Hari sir please use your own your password now ur password is hari12345 thanks sir for your kind cooperation your name will be in editor list

Leave a Reply:

Your email address will not be published. Required fields are marked *